Prakash Adhikari March 8, 2021

काठमाडौंं, २४ फागुन । प्रचण्ड–नेपाल स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ।

सोमबार पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकले मुलुकमा प्रतिगमनकारीहरुले राज्य संयन्त्रहरु कब्जा गर्दै अगाडि बढ्न थालेको देखिएकोले त्यसलाई रोकेर जनताको बलिदानले स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसलाई संस्थागत गरेको वर्तमान संविधानलाई जोगाउन सक्रिय भूमिका निर्वाह गर्नपर्ने आवश्यकता औल्याएको छ ।

फागुन १३ गते आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता ऋषिराम कट्टेललाई दिर्दै एकीकृत सत्तारुढ नेकपाको एकीकरणमा नै प्रश्न उठाउदै यसमा समाहित भएका पार्टीहरुको हैसियत एकीकरण पूर्वको अलग अलग रहेको ब्याख्या गरेको थियो ।

अदालतको फैसलाले एकीकरण पछि खारेज गरिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएको छ।

आइतबार आएको अदालतको फैसलाको बारेमा छलफल गर्न नेपाल समूहका स्थायी कमिटी सदस्यहरू बानेश्वरको होटल अर्यालमा जुटेका थिए।

एमाले पूर्ववत ब्यूतिए पछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के.पी. शर्मा ओलीसँग लड्न नेपाल समूह सक्षम रहेको निष्कर्ष सो भेलाले निकालेको छ ।

केपी शर्मा ओली नेतृत्वको तत्कालीन नेकपा (एमाले)का १२० प्रतिनिधि सभा सदस्यमध्ये अहिले नेपाल समूहसँग ४० जना सांसद छन् भने थप दुई जना पनि आफूहरूतिर आउने उनीहरूको दाबी छ।

साविक नेकपा एमालेको केन्द्रीय समितिमा पनि नेपाल समूह ओली समूहकै हाराहारीमा रहेको सो समूहको दावी रहदै आएको छ।

 

Share Now

Leave a comment.