लण्डन(संयुक्त अधिराज्य), २५ फागुन(बीबीसी) । ब्रिटिश राजकुमार ह्यारी र मेगन मार्कलको बहुप्रतीक्षित अन्तर्वार्ता अमेरिकामा आइतवार राति प्रसारण भएको छ।
सीबीएस टीभीमा प्रसारित दुई घण्टा लामो अन्तर्वार्तामा राजकुमार ह्यारी र मेगनले जातिवाद, मानसिक स्वास्थ्य, सञ्चारमाध्यमसँगको आफ्नो सम्बन्ध र राजपरिवारसँग सम्बन्धित विविध विषयमा बोल्नुभएको छ।
मेगनले अन्तर्वार्तामा धेरै समय बोल्नुभएको छ र राजकुमार ह्यारी बीचतिर मात्रै अन्तर्वार्तामा जोडिनुभएको छ ।
सो अन्तर्वार्तामा राजकुमार ह्यारी र मेगनले भनेका ११ कुरा यस्ता छन् :
१. छोरा कति अश्वेत हुन्छु भन्ने प्रश्न
ह्यारी र मेगनका छोरा कति अश्वेत हुन्छन् भन्ने राजपरिवारभित्र भएको चर्चा भएको आरोप अन्तर्वार्तामा मेगनले लगाउनुभएको छ।
आफू गर्भवती हुँदा गर्भमा भएको बच्चा कति अश्वेत हुन्छ भन्ने चिन्ता र कुराकानी हुने गरेको उहाँले बताउनुभएको हो।
उहाँले सो कुराकानी ह्यारीसँग भएको र त्यो कुरा ह्यारीले आफूलाई भनेको मेगनले बताउनुभयो। तर दुवै जनाले कसले त्यो कुरा गर्यो भनेर भन्न अस्वीकार गर्नुभयो।
‘त्यो कुराकानीबारे म कहिल्यै पनि बोल्नेछैन’,ह्यारीले भने, ‘त्यो बेला यो अलि अप्ठेरो कुरो थियो, म छक्क परेको थिएँ।’
२. केट र मेगनको सम्बन्ध
केही वर्षअघि समाचारपत्रहरूमा डचिस अफ क्रेम्ब्रिज केटलाई मेगनले विवाहको तयारीको विषयलाई लिएर रुवाएको विवरण प्रकाशित भएका थिए।
तर मेगनले त्यसको उल्टो भएको बताउनुभयो।
‘विवाहको केही दिनअघि केट विवाहमा फूल बोक्ने बालिकाहरूको पोसाकलाई लिएर खुसी हुनुहुन्थेन र त्यसले मलाई रुवायो’, मेगनले भन्नुभयो।
उहाँले केटले पछि माफी माग्दै पुष्पगुच्छा र पत्र पठाएको पनि बताउनुभयो।
उहाँले केटका बारेमा यो कुरा उहाँलाई तल देखाउन नभनेको पनि बताउनुभयो। केट राम्रो व्यक्ति भएको भन्दै मेगनले केटले पनि गलत कुरा सच्याउन चाहने बताउनुभयो।

मेगन मार्कल र क्थाथरिन
३. आत्महत्याको सोच
मेगनले राजपरिवारभित्र छिरेपछि आफूले एक्लो महसुस गरेको र स्वतन्त्रता गुमाएको बताउनुभयो।
‘राजपरिवार सदस्य भएयता मैलै यहाँ आउने बेला मात्रै आफ्नो राहदानी, चालक अनुमतिपत्र र साँचो देखेँ। ती सबै मैले त्यहाँ बुझाउनु पर्थ्यो।’
उहाँले आफ्नो मानसिक स्वास्थ्य बिग्रिएर आत्महत्याको सोच समेत आएको बताउनुभयो।
‘मैलै परिवारमा मलाई सहयोग चाहिएको कुरा बताएँ, यसअघि यस्तो कहिल्यै नभएको बताएँ र कतै जानुपर्ने बताएँ र मलाई म जान नसक्ने बताइयो। यो कुरा परिवारलाई राम्रो नहुने बताइयो।’
उहाँले राजपरिवारको एक वरिष्ठ सदस्य र दरबारको मानव संसाधन विभागलाई यो कुरा बताएको तर कहिल्यै केही नगरिएको बताउनुभयो।
४. डायनाकी साथीसँग भेट
‘मलाई थाहै थिएन कि कसलाई मेरो अवस्थाको कुरा गर्ने’,उहाँले भन्नुभयो।
‘मैले यो कुरा भनेको व्यक्ति जोसँग म अहिले पनि साथी छु उनी मेरा श्रीमान्को आमाकी मिल्ने साथीमध्ये एक हुन्।’
५. ह्यारीको बुवासँग गुनासो
ओप्राले ह्यारीलाई परिवारका अन्य सदस्यहरू विशेषगरी बुवा प्रिन्स अफ वेल्स र दाजु ड्यूक अफ क्रेम्ब्रिजसँगको सम्बन्धबारे सोधेकी थिइन्।
राजकीय भूमिकाबाट अलग भएपछि एक समय बुवा चार्ल्सले आफ्नो फोन पनि उठाउन छोडेको ह्यारीले बताउनुुभयो।
‘मलाई निकै दुस्ख लाग्यो किनभने उनी यस्तै समयबाट गुज्रेका थिए र यसको पीडा उहाँलाई थाहा छ।’
‘तर म सधैँ उनलाई माया गर्नेछु तर हामीबीच निकै पीडा बाँडिए र अहिले पनि मेरो प्राथमिकतामा हाम्रो सम्बन्ध सुधार्नु रहेको छ।’
विलियमका बारेमा ह्यारीले आफूहरूले नर्कजस्तो अवस्थासँगै देखेको र उनलाई माया गर्ने बताएपछि आफूहरूको बाटो फरक भएको बताउनुभयो।

राजकुमार चार्ल्स
६. महारानीसँगको सम्बन्ध भने राम्रो
ह्यारीले आफ्नी हजुरआमा तथा महारानीसँग एकदमै राम्रो सम्बन्ध भएको र आफूहरूसंग गत वर्ष राजकीय जिम्मेवारी त्याग गर्नु अगाडि धेरै पटक नियमित कुराकानी गरेको बताउनुभयो।
‘उहाँ मेरी प्रमुख संरक्षक हुनुहुन्छ, होइन तरु सधैँ त्यही रहनुहुन्छ।’
मेगनले पनि महारानीको प्रशंसा गर्नुभयो। महारानीले आफूलाई सँगै गरेको पहिलो कार्यक्रममा राम्रा गरगहना दिएको उहाँले बताउनुभयो।
७. ह्यारीको आर्थिक सहयोग काटियो
सन् २०२० को पहिलो त्रैमासिकमा ह्यारीका अनुसार उहाँको परिवारले उनलाई आर्थिक सहयोग दिन बन्द गर्यो।
नेटफ्लिक्स र स्पटिफाईसँग उहाँले र मेगनले कार्यक्रम बनाउन गरेको सम्झौताको कुनै योजना थिएन तर ह्यारीले ‘हाम्रो लागि सुरक्षालाई त खर्च हुनुपर्नेु बताउनुभयो।
‘तर मैले आमाले मलाई छोडेको सम्पत्ति पाएँ र त्यो नभएको भए हामीले यो सबै गर्न सक्ने थिएनौँ।’
ह्यारी र मेगनले अमेरिकी अर्बपति टेलर पेरीले क्यानडाबाट क्यालिफोर्निया सर्दा घर र सुरक्षा खर्च दिएको बताउनुभयो।

राजकुमार ह्यारी र मेगन मार्कल
८. तस्बिरमा लुकेको कुरा
मेगनका अनुसार उनले ह्यारीलाई आफूे आत्महत्याको सोच आउन थालेको बताएको साँझ उनीहरूले रोयल अल्बर्ट हलमा औपचारिक कार्यक्रममा सहभागी हुनुपर्ने थियो।
मेगनले त्यो दिनको तस्बिरले आफूलाई सधैँ त्यो सोच सम्झाउने गरेको बताउनुभयो।
उहाँले आफ्नो एक साथीले त्यो तस्बिर राम्रो भएको बताएको बताउँदै भन्नुभयो, ‘त्यो तस्बिरमा राम्रोसँग हेर्नुभयो भने उहाँले कति कडासँग हत्केला समात्नुभएको थियो भन्ने देखिन्छ।’
‘हामी हाँसिरहेका थियौँ र आफ्नो काम गरिरहेका थियौँ तर वास्तवमा हामी एकअर्कालाई सम्हालिरहेका थियौँ। जति पटक म भएको स्थानमा अँध्यारो हुन्थ्यो, म रुन्थेँ।’
९. मेगन राजपरिवारबारे अनभिज्ञ
पहिलो पटक महारानी भेटेको बारेमा कुरा गर्दै मेगनले राजपरिवारभित्र घुँडा खुम्चाएर अभिवादन गर्नु सामान्य चलन रहेको थाहै नभएको बताउनुभयो।
उहाँले राजपरिवारमा जानुअघि त्यसबारे कुनै अध्ययन नगरेको बताउनुभयो र आफ्ना पति ह्यारीका बारेमा अनलाइनमा कहिल्यै नहेरेको बताउनुभयो।
आर्ची
तस्बिर स्रोत,न्भ्त्त्थ् क्ष्ःब्न्भ्क्
तस्बिरको क्याप्शन,
आर्ची आगामी मे महनामा दुई वर्ष पुग्दैछन्
१०. आर्चीको मन पर्ने वाक्य

ह्यारीले सुपुत्र आर्चीको बारेमा र छोरालाई साइकलमा बाहिर लग्दा हुने रमाइलोको बारेमा पनि बताउनुभयो।
अन्तर्वार्तामा आर्ची आफ्नो आमाबावुसँग समुद्र किनारमा खेल्दै गरेको भिडिओ पनि देखाइएको थियो।
ह्यारी र मेगनले हालसालै आर्चीले मन पर्ने शब्द ‘पानी खानूस्’ भएको र ह्यारीका अनुसार जो घरबाहिर निस्के पनि आर्चीले भन्ने वाक्य ‘सुरक्षित जानूस’ हो।
११. गर्भमा छोरी
ह्यारी र मेगनले अबको ग्रीष्म ऋतुमा छोरीको जन्म हुने पनि बताउनुभयो ।
ह्यारीले गजब भएको बताउँदै भन्नुभयो ‘अरू के चाहिन्छ र?’ दोस्रो बच्चापछि अरू सन्तान नजन्माउने उहाँले बताउनुभयो।
अन्तर्वार्ताको अन्त्यतिर ओप्राले मेगनलाई राजकुमार ह्यारीसँग खुसी रहेको बारेमा सोध्नुभएको थियो।
त्यसको जबाफमा मेगनले भन्नुभयो ‘अहिलेसम्म पढिएको सबैभन्दा सुखान्त कथाभन्दा पनि धेरै खुसी ! ‘


















