काठमाडौं, २५ फागुन । सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादीलाई पुनर्जीवित गरिदिएपछि यसको एकलौटी लाभ प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष खड्गप्रसाद ओलीलाई हुने हौवा फिजाँइए पनि यथार्थ अवस्था त्यस्तो नभएको अर्को पक्षले बताएको छ ।
गत बैशाख महिनामा राजनीतिक दल फुटाउने मनशायले ल्याइएको राजनीतिक दलसंबन्धी अध्यादेश र संवैधानिक आयोगहरुमा आफ्ना अन्धभक्तहरु स्थापित गरेर पार्टीभित्रका विरोधीको राजनीति समाप्त पार्न खोजेपछि प्रधानमन्त्री ओलीको विरोधी खेमामा सक्रिय रुपमा देखा पर्नुभएका पूर्वप्रधानमन्त्री द्धय माधवकुमार नेपाल र झलनाथ खनालको पक्षमा बहुमत जिल्ला नेतृत्व देखिएको छ भने संसदीय दल र स्थायी समिति र केन्द्रीय समितिमा पनि जवरजस्त उपस्थिति देखिएको छ ।
पार्टी पदाधिकारीहरुमा वरिष्ठ नेताद्धयका अतिरिक्त उपाध्यक्ष युवराज ज्ञवाली,अष्टलक्ष्मी शाक्य र भीम रावल,उपमहासचिव धनश्याम भूसाल र सचिवद्धय योगेश भटट्राई तथा गोकर्ण विष्ट पनि माधव झलनाथ समूहमा नै हुनुहुन्छ ।
सोमबार बानेश्वको अर्याल होटलमा भएको भेटघाटमा अदालतले ब्यूताएको एमालेभित्रको आफ्नो शक्ति एकिन गरेपछि माधव झलनाथ समूह पार्टीभित्रै बसेर प्रतिगमनकारी शक्तिको विरुद्ध लड्ने निश्चयमा पुगेको बताइएको छ । नेपाली जनताले ७ दशकबढी लामो संघर्ष र बलिदान गरेर संविधानसभाले बनाएको संविधान च्यात्न खोज्ने,संघीयता,गणतन्त्र,धर्म निरपेक्षता,समानुपातिक प्रतिनिधित्व र समावेशितालाई आत्मसात गरेको बर्तमान बहुदलीय संसदीय लोकतान्त्रिक शासनपद्धितिलाई मास्न उद्यत प्रधानमन्त्री ओलीका विरुद्धमा लाभको पद नपाएका पार्टीका समान विचारयुक्त केन्द्रीय सदस्य र सांसदहरु थपिने विश्वास पनि यो समूहले गरेको छ ।
माओवादीबाट भित्रिएकालाई मन्त्री लगायत लाभको पदबाट हटाउन नसक्ने र मन्त्रीको संख्या संविधानले सीमित गरेकोले प्रधानमन्त्रीले पद बाडेर आफ्नो पकड बलियो पार्न नसक्ने, देशको अर्थतन्त्र हरितन्नम भएकोले पैसा बाड्ने स्थिति नभएको तथा आफूहरुले लिएको राजनीति अडान देशको संविधान र राजनीतिक पक्षमा भएको पुष्टि सर्वोच्च अदालतको फागुन ११ को फैसलाबाट प्रमाणित हुन गएकोले उच्च नैतिक मनोवलका साथ पार्टीको आगामी महाधिवेशनमा केन्द्रित हुने निष्कर्षमा नेपाल झलनाथ समूह पुगेको छ ।
साविकको एमाले संसदीय दलमा ओली निकट सांसदहरुको बहुमत रहे पनि एकतिहाईभन्दा बढी सांसदहरु माधव झलनाथसंग निकट देखिन्छन भने केन्द्रीय समितिमा ओली पक्षकै हाराहारीमा माधव झलनाथका केन्द्रीय सदस्य छन्।
प्रतिनिधि सभाका १ सय २० सांसद कायम रहेकामा नेपालका पक्षमा ४० सांसद छन्। नेपाल पक्षले आफूहरूसँग ४२ सांसद रहेको दाबी गरेको छ।
केन्द्रीय कमिटीमा एमालेको नवौं महाधिवेशन र त्यसपछि मनोनितहरूको संख्याभित्र गणना गर्दा माधव झलनाथ पक्षमा पनि झण्डै आधाआधी संख्या देखिन् छ ।
पार्टी एकताअघि नेकपा एमालेको केन्द्रीय सदस्य संख्या २ सय ५ थियो।मृत्यु भएका, संवैधानिक तथा विभिन्न नियुक्ति लिएकालाई घटाउँदा केन्द्रीय कमिटीको संख्या १ सय ९५ हाराहारी हुन आउँछ। उपाध्यक्ष वामदेव गौतम र केन्द्रीय सदस्य हरि पराजुली तटस्थ छन्। ओलीका पक्षमा १ सय ३ जना हुन आउँछन्।
नेपालका पक्षमा अहिल्यै टाकोरी लगाउदा पनि ९० जना केन्द्रीय सदस्य छन्। प्रधानमन्त्री ओलीले लिएको प्रतिगमनकारी पथ, संविधान र राजनीतिक व्यवस्था जोगाउन माधव र झलनाथ समूहले सडक संघर्षदेखि कानूनी लडाईलाई हेर्दा त्यो संख्या क्रमश बढ्दै जाने देखिन्छ । हाल कायम केन्द्रीय समितिमा माधव झलनाथको पक्षमा खुलेर लाग्ने केन्द्रीय सदस्यहरुको सूची यस्तो छः
१) झलनाथ खनाल- वरिष्ठ नेता
२) माधव नेपाल- पार्टी नेता
३) युवराज ज्ञवाली- उपाध्यक्ष
४) अष्टलक्ष्मी शाक्य- उपाध्यक्ष
५) भीम रावल- उपाध्यक्ष
६) घनश्याम भुषाल- उपमहासचिव
७) भीम आचार्य- सचिव
८) गोकर्ण विष्ट- सचिव
९) योगेश भट्टराई- सचिव
१०) मुकुन्द न्यौपाने- स्थायी समिति सदस्य
११) सुरेन्द्र पाण्डे- स्थायी समिति सदस्य
१२) अमृत बोहोरा- पदेन स्थायी समिति सदस्य
पोलिटब्युरो सदस्यहरू
१३) अरुण नेपाल
१४) गंगालाल तुलाधर
१५) नागेन्द्र चौधरी
१६) प्रदीप नेपाल
१७) प्रकाश ज्वाला
१८) परशुराम मेघी गुरुङ
१९) पशुपति चौलागाईं
२०) वेदुराम भुषाल
२१) रघुजी पन्त
२२) राजेन्द्रप्रसाद पाण्डे
२३) रामप्रित पासवान
२४) डा. विजय पौडेल
२५) श्रीमाया थकाली
वैकल्पिक पोलिटब्युरो सदस्यहरू
२६) गौरा प्रसाईं कोइराला
२७) जगन्नाथ खतिवडा
२८) तुलबहादुर गुरुङ
२९) भागवत विश्वासी
३०) शत्रुघन महतो
केन्द्रीय कमिटी सदस्यहरू
३१) गरिमा शाह
३२) चुडामणि जंगली
३३) जयन्ती राई
३४) जीवन घिमिरे
३५) जीवनराम श्रेष्ठ
३६) टंक कार्की
३७) ठाकुर गैरे
३८) बलदेव चौधरी
३९) ममता गिरी
४०) यज्ञराज सुनुवार
४१) राजेन्द्रकुमार राई
४२) रामकुमारी झांक्री
४३) लक्ष्मण पौडेल
४४) विजय गुरुङ
४५) विरोध खतिवडा
४६) विश्वनाथ प्याकुरेल
४७) सावित्रा भुषाल
४८) सीता गिरी ओली
४९) सोम पाण्डे
५०) श्रीप्रसाद शाह
२०७१ फागुन १३ गते मनोनित केन्द्रीय सदस्यहरू
५१) केदार न्यौपाने
५२) कल्याणी खड्का
५३) घनेन्द्र बस्नेत
५४) प्रमेश हमाल
५५) रामकुमार ज्ञवाली
२०७३ फागुन २० गते मनोनित केन्द्रीय सदस्यहरू
५६) धर्मनाथ शाह
५७) यदुवंश झा
५८) रामचन्द्र यादव
५९) रविन्द्र बैठा
६०) रामचन्द्र साह तेली
६१) रत्नेश्वर गोइत
६२) हरिनारायण महतो
केन्द्रीय कमिटीका वैकल्पिक सदस्यहरू
६३) कमलजंग राइ दनुवार
६४) कृष्ण खनाल
६५) गणेश पहाडी
६६) दिनेश राई
६७) धर्मराज निरौला
६८) निरा जैरु
६९) प्रकाश शाह
७०) प्रतापलाल श्रेष्ठ
७१) प्रेमल खनाल
७२) माधव अर्याल
७३) मेटमणि चौधरी
७४) रचना खड्का
७५) रविन कोइराला
७६) राजन राई
७७) राजबहादुर बुढा
७८) रामरती देवी राम
७९) शेरबहादुर केसी
८०) सुरेन्द्र मानन्धर
८१) सोम मिश्र
८२) हरिबहादुर राई
८३) हंसराज शाही
मनोनित वैकल्पिक केन्द्रीय सदस्यहरू
८४) खगेन्द्र चुडाल
८५) झपट रवल
८६) डा. देउमान सम्बहाङफे
८७) देवशंकर पौडेल
८८) भाष्कर काफ्ले
२०७३ फागुन २० गते मनोनित
८९) सुधीर शाह
९०) सरला यादव


















