काठमाडौं, २५ फागुन । नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था फेरि बिग्रिएको छ।
शनिबारदेखि स्वास्थ्य अवस्थामा थप समस्या देखिएपछि उहाँलाई फेरि कोमामा राखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताउनुभएको छ।
५७ वर्षका जोशीलाई फागुन १३ मा मस्तिष्कघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा अपरेशन गरिएको थियो ।
उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको चिकित्सकहरूले बताएका छन्।
डाक्टर राजिव झा नेतृत्वको चिकित्सक टोलीले उहाँको उपचार गरिरहेको छ।
‘उहाँको स्वास्थ्य अवस्था बीचमा अलिकति राम्रो पनि देखिएको थियो,’ उहाँको उपचारको नेतृत्व गरिरहनुभएका डा. झाले भन्नुभयो, ‘शनिबारदेखि फेरि उहाँलाई भेन्टिलेटरको सपोर्टमा राख्नुपरेको छ।’
‘उहाँ अहिले कोमामै हुनुहुन्छ,’ डा.झाले भन्नुभयो ।


















