Prakash Adhikari February 7, 2018

ललितपुर, २४ माघ । प्रदेश ३ मा बुधबार भएको राष्ट्रियसभामा सदस्य निर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएको छ।

प्राप्त मत परिणाम अनुसार एमालेका ५ जना, नेपाली कांग्रेसका २ जना र माओवादी केन्द्रका १ जना उम्मेद्वार विजयी बनेका छन् ।

निर्वाचन अधिकृत बालमुकुन्द दवाडीका अनुसार एमालेका बलरामप्रसाद बाँस्कोटा, महिलामा दिलकुमारी रावल (पार्वती), उदय शर्मा पौडेल, दलितमा सिंहबहादुर विश्वकर्मा र अल्पसंख्यकमा रामचन्द्र राई विजयी भएका छन्।

कांग्रेस राधेश्याम अधिकारी र धनकुमारी खतिवडा विजयी भएका छन भने माओवादी केन्द्रबाट रामबहादुर थापा विजयी भएका छन्।

Share Now

Leave a comment.