Prakash Adhikari February 7, 2018

दाड., २४ माघ । प्रदेश ५ को राष्ट्रियसभा सदस्यका लागि बुधबार भएको निर्वाचनका प्रत्याशीमध्ये एमाले २, माओवादी २ र कांग्रेस १ सिटमा विजयी भएका छन्।

यस प्रदेशबाट दलिततर्फ एमालेका उम्मेदवार रामलखन चमार विजयी भएका छन्। चमारको मत ५ हजार ५०८ आएको छ। उनका प्रतिद्वन्द्वी कांग्रेसका मैकुलाल वाल्मीकिको मत २ हजार ३ सय ७० छ।

यसैगरी अपांग तथा अल्पसंख्यकतर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकुमार कुँवर विजयी भएका छन्। कुँवरको मत ५ हजार ३ सय ४० छ भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लुटबहादुर खत्रीको मत भने २ हजार ५ सय २० आएको छ।

यसैगरी अन्य ३ पदमा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसका एकएक जना उम्मेदवार विजयी भएका छन्।

एमालेबाट खिमलाल भट्टराईको मत ३ हजार ६, माओवादीबाट चन्द्रबहादुर खड्काको मत २ हजार २ सय ८० र कांग्रेसबाट दुर्गाप्रसाद उपाध्यायको मत २ हजार ४ सय १ रहेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए।

तीनै जना उम्मेदवारले ल्याउनुपर्ने मतभारभन्दा बढी मत पाएपछि विजयी भएको घोषणा गरिएको हो।
५ नं प्रदेशबाट ३ महिला सदस्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।

Share Now

Leave a comment.