Prakash Adhikari February 7, 2018

लन्डन(संयुक्त अधिराज्य),२४ माघ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले २ सय ९३ सदस्यीय सल्लाहकार परिषदको पहिलो बैठक औपचारिक १८ फेब्रअरीमा गर्ने निर्णय गरेको छ ।

बैठक फार्नबोरोस्थित होटल भिलेजमा बिहान ११: ३० बजे देखि बस्नेछ ।

बैठकपछि गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय समितिका पदाधिकारी, एनआरएनए यूकेका संरक्षक, सल्लाहकार, कार्यसमिति तथा एनआरएनए अभियन्तालाई औपचारिक सम्मान समेत गरिने भएको छ ।

बैठकमा एनआरएनए यूकेले हालसम्म भएका कार्यक्रमको विवरण पेश गरी आउने दिनमा गर्नुपर्ने कामको लागि सल्लाहकारहरुको सुझाव लिएर संस्थाको अल्प, मध्य तथा दीर्घकालीन रणनीतिहरु तय गर्ने अभिलाषा राखेको छ ।

Share Now

Leave a comment.