Prakash Adhikari March 15, 2021

 

काठमाडौं, २ चैत्र । प्रतिनिधिसभाको पुनस्थापना भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो पटक सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले मंगलबार अपरान्ह ४ बजेको लागि आफ्नै निवास शीतल निवासमा बस्ने गरि संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख, सरकारका मन्त्री र पूर्व प्रधानमन्त्रीलाई सर्वदलीय छलफलका लागि निम्ता गर्नुभएको छ ।

सर्वदलीय बैठक आह्वानमा राष्ट्रपतिले प्रोटोकल नमिलाएको पनि टिप्पणी भएको छ ।

राष्ट्रपतिलाई सर्वदलीय बैठक बोलाउने सुविधा पनि छ ।

उहाँले चाहेमा पूर्व प्रधानमन्त्रीको अलग्गै परामर्श लिन सक्ने व्यवस्था पनि छ ।

आफ्नै दलका अध्यक्ष र प्रधानमन्त्री बसेको बैठकमा मन्त्रीहरुले न धक फुकाएर बोल्न सक्छन्, न बोल्ने पालो नै पाउछन् । राष्ट्रपतिले ओली सरकारका मन्त्रीहरुको समकक्षमा राखेर पूर्व प्रधानमन्त्री र दलका अध्यक्षहरुलाई किन बैठक बोलाउनु भयो ?

 

Share Now

Leave a comment.