Prakash Adhikari March 16, 2021

काठमाडौं, ३ चैत्र । नेपाली कांग्रेसले राष्ट्रिय शिक्षा नीतिको बारेमा सातै प्रदेशबाट सुझाव संकलन गर्ने भएको छ ।

नेपाली कांग्रेसको शिक्षा विभागका प्रमुख हरिप्रसाद नेपालको अध्यक्षतामा फागुन २८ गते बसेको बैठकले शिभागले तयार गरेको“राष्ट्रिय शिक्षा नीति” को प्रारम्भिक प्रतिवेदनमाथि सातै प्रदेशमा ब्यापक छलफल गरेर सुझाव संकलन गर्ने निर्णय गरेको हो ।

विभागले सुझाव संकलनको लागि प्रदेशका संयाजक पनि तोकेको छ । जस अनुसार प्रदेश १ को लागि गोकर्ण बानिया, प्रदेश २ का लागि रघुप्रसाद सिंह थारु, वागमती प्रदेशका लागि दीपेन्द्र सिंजापति, गण्डकी प्रदेशका लागि चिनु रानाभाट, लुम्बिनी प्रदेशकालागि राधेश्याम पाठक, कर्णाली प्रदेशका लागि डा.महेन्द्रकुमार मल्ल र सुदूरपश्चिमका लागि सुरेशराज जोशीलाई तोकिएको छ ।

Share Now

Leave a comment.