वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), १३ चैत्र(बीबीसी) । अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाभाइरसको खोप आफ्नो प्रशासनको पहिलो सय दिनमा २० करोड मानिसलाई लगाउने बाचा गर्नुभएको छ।
ह्वाइट हाउसको उहाँको पहिलो पत्रकार सम्मेलनमा बाइडनले कोभिडसँगको सामनापछिका आफ्ना प्राथमिकताबारे पनि बताउनुभयो।
बाइडनले भन्नुभयो, ‘आज म आफ्नो दोस्रो लक्ष्य तय गर्छु। हामी हाम्रो पहिलो १०० दिनसम्म २० करोड मानिसलाई खोप दिन्छौँ।’
बाइडनले भन्नुभयो, ‘मलाई थाहा छ यो लक्ष्य महत्वाकाङ्क्षी छ, हाम्रो यसअघिको लक्ष्यभन्दा यो दोबर हो। तर यो लक्ष्यमा हामीले गरे जति अरू कुनै देश हाम्रो नजिक पनि आउन सकेका छैनन्। र, मलाई विश्वास छ कि हामी यो बाचा पनि पूरा गर्नसक्छौं।’
Since we passed the American Rescue Plan, we’re starting to see new signs of hope in our economy. pic.twitter.com/EZys2d0aG7
— President Biden (@POTUS) March 26, 2021
अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसको खोपको करिब १३ करोड मात्रा दिइसकिएको छ।
अमेरिकी स्वास्थ्य अधिकारीका अनुसार दैनिक करिब २५ लाख खोपको मात्रा अहिले वितरण भइरहेको छ।
कोरोनाभाइरसबारे सोधिएन
करिब एक घन्टा चलेको पत्रकार सम्मेलनमा बाइडनलाई बन्दुक नियन्त्रणदेखि विदेश नीतिसम्मका थुप्रै विषयमा प्रश्न गरियो तर कुनै पनि पत्रकारले स्वास्थ्य सङ्कट र कोरोनाभाइरसको महामारीबारे प्रश्न गरेनन्।
यसबारेमा थुप्रै मानिसहरू सामाजिक सञ्जालमा आफ्ना धारणा राखिरहेका छन्।
हफिङ्टन पोष्टकी वासिङटन ब्यूरो प्रमुख अमान्डा तर्केलले लेख्नुभएको छ, ‘आश्चर्य लाग्ने कुरा कोरोनाभाइरसबारे कसैले पनि एउटा प्रश्न गरेनन्।’
https://twitter.com/aterkel/status/1375152302596755462
बीबीसीका उत्तर अमेरिकाका ब्यूरो प्रमुख पल डनेहरले पनि यसबारे ट्वीट गरेका छन्, ‘पाँचपाँच लाख (अमेरिकी)हरूको ज्यान गइसकेपछि भएको पहिलो पत्रकार सम्मेलनमा ह्वाइट हाउसका पत्रकारहरूले राष्ट्रपतिसँग कोरोनाभाइरसका बारेमा केही पनि प्रश्न सोधेनन्, जबकी अहिले पनि अमेरिकीलाई यसले सबैभन्दा बढी असर गरिरहेको छ। पत्रकारहरू आममानिसका मुद्दालाई लिएर कति बेखबर हुन्छन् भन्नेबारे यो भन्दा राम्रो उदाहरण पाउन गाह्रो हुन्छ।’
Half a million deaths later and in his first press conference the White House press pool ask @POTUS absolutely no questions on Covid which is the issue dominating American lives.
Hard to find a better example of journalists being out of touch with the audience.— Paul Danahar (@pdanahar) March 25, 2021
अमेरिका-मेक्सिको सीमामा रहेको प्रवासी बस्ने शिविर

पत्रकार सम्मेलनमा बाइडनलाई अमेरिकाको मेक्सिकोसँग जोडिएको सीमामा प्रवासीको सङ्ख्या बढेको विषयमा धेरै प्रश्न सोधिएको थियो।
बाइडनले दक्षिणी सीमामा बढ्दो मानवीय सङ्कटका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जिम्मेवार ठहर्याउनुभयो।
अहिले अमेरिकाको डिटेन्सन सेन्टरमा १७ हजार बालबालिकालाई राखिएको छ।
अमेरिकाको सीमा सुरक्षा निकायका अनुसार ज्यानुअरीमा ७८ हजार ४ सय ४२ र फेब्रुअरीमा १लाख ४ सय ४१ मानिसलाई सीमामा पक्राउ गरिएको छ।
‘राष्ट्रपति सी जिन्पिङको शरीरमा लोकतान्त्रिक हड्डी छैन‘

बाइडन र सी जिनपिंग
चीनबारे बोल्दै बाइडनले चीनसँग संघर्ष गर्ने आफ्नो कुनै उद्देश्य नरहेको बताए। तर उनले राष्ट्रपति सी जिन्पिङको भने आलोचना गर्नुभयो।
उहाँले चिनियाँ नेताबारे आफूलाई उपराष्ट्रपति भएकै बेला थाहा भएको बताउनुभयो।
बाइडनले भन्नुभो, ‘सी जिन्पिङको शरीरमा ुलोकतान्त्रिक हड्डीु छैनन्। तर उनी एकजना चलाख मानिस हुन्।’
बाइडनले चीन संसारकै सबैभन्दा शक्तिशाली र सबैभन्दा धनी देश बन्न चाहेको तर त्यसो हुन अमेरिकाले नदिने बताउनुभयो।

अफगानिस्तानमा अमेरिकी सैनिक
अफगानिस्तानबारे बोल्दै उहाँले अमेरिकी सेनालाई फिर्ता गर्न मे महिनाको एक तारिखको समयासीमाभित्र नसकिए पनि धेरै समय अमेरिकी सेना त्यहाँ नरहने बताउनुभयो।
राष्ट्रपति बाइडनले भन्नुभयो, ‘हामी अफगानिस्तान छोडिदिन्छौं। प्रश्न कहिले छोड्छौं भन्ने हो। मे एक तारिखको समयसीमाभित्र हामीले फिर्ता नगर्न सक्छौँ तर हामी धेरै समयसम्म त्यहाँ रहँदैनौं।’


















