Prakash Adhikari July 6, 2026

काठमाडौं, २२ आषाढ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्तान आज हुँदैछः दिउँसो ३ बजेदेखि सुरु हुने अक्सनमा ५५ खेलाडीमाथि बोली लाग्ने छ। आठवटै फ्ेञ्चाइजसँग मिलाएर यसपटक कुल ३ करोड ७३ लाख रुपैयाँको पर्स छ।

नेपाल क्रिकेट संघ(क्यान)का अनुसार अक्सनका लागि ३ सय ४७ खेलाडीले नाम दर्ता गराएका थिए। तीमध्ये १ सय ५५ खोलाडी मात्र छनोट भएका छन्। छनोट भएका खेलाडीलाई क्यानले तीन क्याटेगोरीमा विभाजन गरेको छ।

क्याटेगोरी ‘ए’ मा ५ जना, ‘वी’ मा २० जना र ‘सी’ मा १ सय २३ जना खेलाडी छन्। यीमध्ये अक्सनमार्फत ५२ खेलाडी मात्र आठवटा फ्रेन्चाइज टोलीमा अनुबन्ध हुनेछन्।

यसबाहेक प्रत्येक टोलीले ट्यालेन्ट हन्टमार्फत दुई(दुई नेपाली खेलाडी अनिवार्य रुपमा समावेश गर्नुपर्नेछ। यसरी प्रत्येक टोलीमा १४ जना नेपाली खेलाडी रहनेछन्।

यसपटक सबैभन्दा ठूलो पर्स पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्ससँग छ। जनकपुरले ६६ लाख २५ हजार रुपैयाँ लिएर अक्सनमा प्रवेश गर्दैछ। उसले अघिल्ला दुई संस्करणका मार्की खेलाडी आशिफ शेखलाई रिलिज गर्दै ललित राजवंशीलाई मार्की चुनेको छ । आशिफ यसपटक अक्सनमा रहेका सबैभन्दा चर्चित खेलाडी मानिएका छन् ।

जनकपुरले अनिलकुमार शाह, ललितनारायण राजवंशी, मचन यादव, आदित्य महता र विकास आग्रीलाई रिटेन गरेको छ। आशिफ शेखसँगै शुभ कंशाकार, किशोर महती, तुलबहादुर थापा, सचिन भट्ट र रुपेश सिंहलाई भने रिलिज गरिएको छ।

अक्सनमा दोस्रो ठूलो पर्स विराटनगर किस्ससँग छ। विराटनगरसँग ५१ लाख ५० हजार रुपैयाँ छ।

टोलीले सन्दीप लामिछाने, लोकेश बन, बसीर अहमाद, नारायण जोशी, प्रतिश जिसी र सुवास भण्डारीलाई रिटेन गरेको छः सूर्य तामाङ, शंकर राना, नरेन भट्ट, शाहिल पटेल, श्रवण किस्कू र आयुष न्यौपाने रिलिज भएका छन्।

साविक विजेता लुम्बिनी लायन्ससँग ४१ लाख २५ हजार रापैदीको पर्स छ। लुम्बिनीले कप्तान रोहितकुमार पौडेल, सन्दीप जोरा, शेर मल्ल, तिलक भण्डारी, दिनेश अधिकारी, दिलीप नाथ र अभिशेष गौतमलाई रिटेन गरेको छ।

पोखरा एभेन्जर्ससँग ४५ लाख ५० हजार रुपैयाँ बाँकी छ। टोलीले कुशल भुर्तेल, सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द्र, किरण ठगुन्ना र दिनेश खरेललाई रिटेन गरेको छ। तृतराज दास, अभिषेक तिवारी, कृष्ण पौडेल, सन्दीप खत्री र रोहित चन्द्र रिलिज भएका छन्।

सुदूरपश्चिम रोयल्ससँग ४२ लाख ५० हजार रुपैयीको पर्स छ। टोलीले कप्तान दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, अभिनास बोहरा, इशान पाण्डे, हेमन्त धामी, हिक्मत महरा र आरिफ शेखलाई रिटेन गरेको छ। नरेन साउद, दीपेन्द्र थापा, दीपक बोहरा, टेक रावत र मिलन बोहोरालाई भने रिलिज गरिएको छ।

कर्णाली याक र चितवन राइनोजसँग समान ४२(४२ लाख रुपैयीको पर्स छ। कर्णालीले कप्तान सोमपाल कामीसहित गुल्सन झा, नन्दन यादव, दीपक डुम्रे, पवन सर्राफ, युवराज खत्री र युनिस विक्रम सिंहलाई टोलीमा राखेको छ। अर्जुन घर्ती, दीपेन्द्र रावत, विपिन शर्मा र इमरान शेख रिलिज भएका छन्।

चितवन राइनोजले कुशल मल्ल, देव खनाल, कमलसिंह ऐरी, अर्जुन साउद, रिजन ढकाल, रचित कुमार र दीपक बोहरालाई निटेन गरेको छ। विपिन रावल, गौतम केसी, अमरसिंह रौटेला र सौगात ढकाल अक्सनका लागि रिलिज भएका खेलाडी हुन्।

यसपटक सबैभन्दा सानी पर्स काठमाडौं गुर्खाजसँग छ। काठमाडौसँग ३४ लाख रुपैयाँ मात्र बाँकी छ। टोलीले मार्की खेलाडी तथा कप्तान करण केसी, भीम साकी, मोहम्मद आदिल आलम, शाहब आलम र सन्तोष यादवलाई रिटेन गरेको छ।

प्रतिक श्रेष्ठ, राशिद खान, दीपेश कंडेल, उत्तम थापा मगर, तुलबहादुर थापा र आकाश त्रिपाठीलाई रिलिज गरिएको छ ।

Share Now