Prakash Adhikari March 29, 2021

बलेवा(बाग्लुड.), १६ चैत्र । नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले सांघातिक आक्रमण गरेर नेपाली कांग्रेसका जिल्ला कार्य समिति बाग्लुड.का सदस्य प्रकाश कुँवर र क्रियाशील सदस्य दीपक परियारको हत्या गरेका छन् ।

बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरीमा फागुपूर्णिमाको अवसरमा लागेको मेलामा उहाँहरुमाथि आक्रमण गरी हत्या गरिएको थियो । उनीहरु दुवैलाई मरणासन्न भएपछि भिरबाट खसालिएको थियो । भिरमा ५०० मिटर तल खसेको अवस्थामा दुवैकोशव भेटिएको थियो ।

नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सदस्य रहनुभएका ३६ वर्षीय प्रकाश कुँवर निसीखोला गाउँपालिका–७ निवासी हुनुहुन्छ भने ३४ वर्षीय दीपक परिया पनि सोही स्थानका हुनुहुन्छ ।


May be an image of Prakash Paudel

नेपाली काङ्ग्रेस बाग्लुङका जिल्ला सदस्य प्रिय भाई प्रकाश कुंबर र दिपक परियारलाई राजनीति पूर्वाग्रही राखी प्युठानको सिमाना बल्देको ढुरी भन्ने ठाउँ मा अपराधीहरूको समूहले आक्रमण गरि भिरमा फालिएको अवस्थामा ५०० मिटर तल शव भेटिएको उक्त घटनाको घोर भत्सर्ना गर्दछौ ।साथै अपराधी हरुलाई छिटोभन्दा छिटो खोजी गरि कानुनको दायरामा ल्याई कडा कारबाही गर्न प्रहरि प्रसाशन लगायत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु।

May be an image of 1 person and standing
६० 53 Comments  Like Comments
View ३० more comments

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका पूर्व सभापति किरण पौडेलले सो घटनामा नेपाली कांंग्रेसका एक दर्जनभन्दा बढी कार्यकर्ताहरु बेपत्ता भएको खबर आएको बताउनुभएको छ ।

नेपाली कांग्रेसको क्षेत्र नं २ प्रदेश सभा क्षेत्र ख बाट प्रदेशसभामा प्रत्यासी बन्नुभएका जीत शेरचनले माओवादीहरुको प्रभाव बढी रहेको सो क्षेत्रमा राजनीतिक पुर्वाग्रह राखेर नेपाली कांग्रेसका कार्यकर्तामाथि आक्रमण भएको जनाउदै घटनाको निश्पक्ष छानविन गरी दोषीहरुमाथि कारबाही गर्न माग गर्नुभएको छ ।

उहाँले नेकपा माओवादीबाट निर्वाचितका वडा अध्यक्षका बहिनी ज्वाई पर्ने झनबहादुर बूढाको नेतृत्वमा आएको हतियारधारी समूहले नेपाली कांग्रेसका कार्यकता र समर्थकहरुलाई मेलामा छानीछानी सांघातिक आक्रमण गरेको बताउनुभयो ।

संविधानसभा सदस्य प्रकाश पौडेलले नेपाली कांग्रेसका जिल्ला सदस्य र क्रियाशील सदस्यको हत्या गर्ने तथा समर्थकहरुमाथि कुटपीट गर्ने अपराधीहरुलाई कानूनको दायरामा ल्याएर कारबाही गर्न माग गर्नुभएको छ ।

यसैबीच घटनाको जानकारी पाउने वित्तिकै अनुसन्धानका लागि जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरको टोली घटनास्थलतर्फ लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार घटना भएलगत्तै मगरको कमाण्डमा ११ जनाको टोली बुर्तिबाङ प्रस्थान गरेको हो ।

हिजो राति नै गलकोटबाट गएको प्रहरी निरीक्षकको टोलीले मृतकको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्यचौकीमा ल्याइएको छ ।

 

Share Now

Leave a comment.