Prakash Adhikari March 29, 2021

 

लण्डन(संयुक्त अधिराज्य), १५ माघ(बीबीसी) । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले म्यानमारमा भएको शनिवारको मृत्युले वाशिङ्टन ‘मर्माहत’ भएको बताउनुभएको छ।

शनिवार दर्जनौँ मानिस मारिएपछि गत महिना गरिएको सैन्य कू पछिको सबभन्दा बढी हताहत भएको दिन भएको छ।

एक सय जना भन्दा बढी मानिस मारिएको बताइएको छ।

ब्लिङ्कनले भने,’शनिवारको घटनाले सैन्य शासकहरू केही मानिसको फाइदाका लागि सर्वसाधारणको जीवन समाप्त पार्छन् भन्ने देखाएको छ।’

‘बर्माका साहसी मानिसहरूले सैनिकहरूको आतङ्कित पार्ने किसिमको शासन अस्वीकार गरेका छन्।’

अमेरिकी दूतावासले त्यसअघि सुरक्षा फौजले ‘निःशस्त्र सर्वसाधारणको हत्या गरिरहेको’ बताएको थियो।

https://twitter.com/thiri44/status/1376214337883230211

 

संयुक्त राष्ट्र सङ्घीय महासचिव एन्टोनियो गुटेरेसले आफू ‘स्तब्ध’ भएको बताउनुभएको छ।

ब्रिटिश विदेशमन्त्री डोमिनिक राबले त्यसको निन्दा गरेका छन्।

चेतावनी दिँदादिँदै पनि प्रदर्शनकारीहरू शहर र नगरहरूमा बाहिर निस्केपछि बालबालिका सहित सर्वसाधारणमाथि घातक प्रहार गरिएको हो।

राजबन्दी निगरानी समूह ‘द असिस्टेन्स असोसियशन फर पोलिटिकल प्रिजनर्स’ले ९१ जना मारिएको जनाएको छ। स्थानीय सञ्चार माध्यमले सङ्ख्या त्यो भन्दा बढी रहेको जनाएका छन्।

मिङ्ज्ञान शहरका एक जना बासिन्दा थु या जले रोयटर्सलाई भन्नुभयो, हाम्रा घरमा प्रवेश गरेर समेत ‘उनीहरूले हामीलाई चरा वा कुखुरा मारे झैँ मारिरहेका छन्।’

‘तर हामी विरोध गर्न छोड्ने छैनौँ।’

प्रदर्शनकारीलाई दमन गर्ने क्रममा ४०० जना भन्दा बढीको ज्यान गइसकेको छ।

गत नोभेम्बरमा भएको निर्वाचनमा आङ सान सु चीको दल न्याशनल लिग फर डेमोक्रेसीले भारी बहुमत ल्याएपछि सेनाले शासन सत्ता आफ्नो नियन्त्रणमा लिएको छ।

शोकाकूल एक परिवार

शनिवारको घटना
म्यान्मारभरि प्रदर्शनकारीहरू जम्मा भएका थिए।

अघिल्लो साँझ नै राष्ट्रिय टेलिभिजनले एउटा घोषणाको प्रसारण गरेको थियो।

उक्त प्रसारणमा भनिएको थियो, ‘उनीहरूलाई टाउको वा ढाडमा गोली लाग्न सक्ने खतरा हुनसक्छ भन्ने मानिसहरूले पहिलेका खराब खाले मृत्युहरूको त्रासदीबाट सिक्नुपर्छ।’

सुरक्षा फौजहरू र्‍यालीहरू रोक्ने कोसिसमा थिए।

सामाजिक सञ्जालहरूमा साझा गरिएका तस्बिरहरूमा गोली लागेर घाइते भएका मानिसहरू र शोकाकूल परिवारहरू देखाइएका छन्।

Protesters in Yangon
याङ्गुनमा प्रदर्शनकारी

बर्मा ह्युमन राइट्स नेटवर्क यूकेका निर्देशकले बीबीबीसँग सेनाले उसको कुनै ‘सीमा र सिद्धान्त नभएको’ देखाएको बताउनुभएको छ।

क्याव विनले भन्नुभयो, ‘यो नरसंहार हो, अब यो कुनै कारबाहीका रूपमा मात्र रहेन।’

प्रत्यक्ष रूपमा गोली हानेरै देशभरिका ४० भन्दा बढी स्थानमा त्यस्ता कारबाहीहरू गरिएको बताइएको छ।

म्यन्मारका स्थानीय समाचार वेबसाइटहरूले हालसम्म १ सय १४ जनाको निधन भइसकेको जनाएका छन्।

मिन आङ

मिन आङ

संयुक्त राष्ट्रसङ्घले कैयौँ मानिसहरू मारिएको र सयौँ घाइते भएको विवरण प्राप्त गरेको जनाएको छ।

एएपीले मारिनेहरूमा उनकै घरभित्र गोली हानिएकी एकजना १३ वर्षकी बालिका पनि रहेको बताएको छ।

प्रत्यक्षदर्शी र स्रोतहरूले बीबीसी बर्मिज्‌लाई बताए अनुसार कैयौँ सहरहरू र नगरहरूमा प्रदर्शनकारीहरू मारिएका छन्।

याङ्गुन र दोस्रो ठूलो सहर मान्डलेमा पनि मानिसहरू मारिएको खबर छ।

ती सहरहरूमा प्रदर्शनकारीहरूले एनएलडीको झण्डा बोकेका थिए र निरङ्कुशता विरुद्ध तीन औँला देखाएर गरिने परम्परागत सलाम गरेका छन्।

सेनाले अहिलेसम्म ती हत्याहरूबारे प्रतिक्रिया दिएको छैन।

सेना दिवसमा सैन्य परेड
सेना दिवसमा सैन्य परेड

एउटा सैन्य दिवसमा टेलिभिजनमा सम्बोधन गर्दै सैन्य कूका नेता मिन आङ लाइङले सेनाले ‘प्रजातन्त्रलाई बचाउनका लागि पूरा देशसँग हात मिलाएको’ बताएका थिए।

यसैबेला पूर्वी म्यान्मारको एउटा जातीय समूहले उसको नियन्त्रणमा रहेको क्षेत्रमा सैन्य जेटहरूले निसाना बनाएको बताएको छ।

कारेन न्याशनल युनियनले थाई सीमा नजिकै एउटा सैन्य पोस्टमा आगो लगाएको खबर आएको केही घण्टाभित्रै उक्त सैन्य कारबाही भएको बताइएको छ।

यसले कैयौँ वर्षको शान्तिपछि अब उक्त समूह र सेनाबीच तनाव बढ्ने ठानिएको छ।

 

Share Now

Leave a comment.