Prakash Adhikari April 8, 2021

काठमाडौं, चैत्र २५ । नेपालउद्योग परिसंघका पदाधिकारी र नेपालकालागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेजबीच परिसंघको कार्यालयमा द्विपक्षीय सम्बन्ध अभिबृद्धि र व्यापार प्रवद्र्धनका विषयमा छलफल भएको छ ।

छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले परिसंघको गतिविधिका सम्बन्धमा प्रकाश पार्दै उपभोग बढ्दै गएको तर स्वदेशमा उत्पादन नभएकोले व्यापार घाटा बढ्दै गएको बताउनु भयो ।

उहाँले यसैलाई मध्यनजर गरी परिसंघले “मेक इन नेपाल–स्वदेशी”अभियानलाई अगाडी बढाएको राजदूत डेप्रेजलाई बताउनुभयो ।

अध्यक्ष मोरले विगतमा युरोपियन युनियन र परिसंघको सहकार्यमा अगाडि बढाइएका कार्यक्रम र परियोजनाहरुको बारेमा प्रकाश पार्नुभयो । उहाँले परिसंघले युरोपियन युनियनबाट प्राविधिक सहयोगको अपेक्षा राखेको बताउँदै हाल सुरक्षाको कारण देखाउँदै नेपाली हवाई उड्ययनलाई लगाएको प्रतिवन्ध हटाउनु पर्ने धारणा राख्नु भयो ।

अध्यक्ष मोरले नेपालको हवाई उड्ययन क्षेत्रले सु्रक्षामा विशेष ध्यान पु¥याई रहेकोले युरोपबाट पनि नेपालमा पर्यटक भित्र्याउनको लागि सहयोग गर्न अनुरोध गर्नुभयो । त्यसैगरी भारतसँग भएको व्यापार सम्झौता अनुसार शुल्कमुक्त निर्यात भइरहेकोले युरोपमा पनि कसरी निर्यात बढाउन सकिन्छ त्यसतर्फ सहयोग पु¥याउन राजदूत डेप्रेजलाई अनुरोध गर्नुभयो ।

सिप विकासबाट नै उत्पादकत्व वृद्धि गर्न सकिने भएकोले प्राविधिक सिप विकासमा सहयोग पु¥याउन आग्रह गर्नु भयो ।

परिसंघका वरिष्ठ आर्थिक सल्लाहकार डा. विश्व पौडेलले नेपाल कमविकसित राष्ट्रबाट माथि जाँदैगर्दा युरोपियन युनियनले प्रदान गरेका व्यापार सुविधाहरु स्वतः हट्ने भएकोले युरोपका मूलुकमा भएको व्यापार १० प्रतिशतले घट्नेतर्फ संकेत गर्दै नेपालमा विप्रेषणबाट भएको आम्दानीले उपभोग बढ्दै गएको बताउनु भयो ।

उहाँले नेपाल र युरोपियन युनियनको सम्बन्धमाथि प्रकाश पार्दै नेपालमा औद्योगिक सर्भे नभएको र भएका सर्भेहरु पनि सम्बन्धित संस्थाको सीमित प्रयोजनका लागि भएकाले परिसंघले औद्योगिक सर्भे नियमित रुपमा प्रकाशन गर्दै जाने बताउनु भयो । परिसंघ उत्पादनमूलक उद्योगमा केन्द्रित भएको र सरकारसँग सहकार्य गरिरहेको बताउँदै कृषिजन्य र विटुमिन लगायतका कम्तिमा आठवटा उद्योगसँग सम्बन्धित वस्तुको आयात प्रतिस्थापन गर्नेतर्फ कदम बढाइएको बताउनुभयो ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष् ानिर्वाण चौधरीले परिसंघले धेरै देशका चेम्बरहरुको साझा मञ्चको रुपमा युनियन अफ एशियन चेम्बर गठन गर्न लागेको बताउँदै युरोपका चेम्बरहरुसँग सम्भावित व्यापार साझेदारीको लागि समन्वय गरिदिन अनुरोध गर्नुभयो । त्यसैगरी युरोपियन युनियनले युरोपका कम्पनीहरुसँग प्राविधिक सहकार्य गर्न र सिप विकासको लागि सहयोग गर्न अनुरोध गनुभयो ।

युरोपियन लगानीमा रहेको इआइडीसी पूर्वाधार विकासमा केन्द्रित भएकोले त्यसमार्फत नेपालमा लगानी बढाउन पनि उहाँले अनुरोध गर्नु भयो ।

परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले युरोपियन युनियनको आर्थिक सहयोग र दक्षतासँगको सहकार्यमा निजी क्षेत्रको आवश्यकता अनुरुप युवा जनशक्तिको सिप विकास गर्नको लागि नीजि क्षेत्रको सहभागितामा श्रमबजार सूचना सम्बन्धी सरल र प्रभावकारी पद्दतिको निर्माण गर्न इएलएमएस परियोजना अगाडी बढाई रहेको बताउनु भयो ।

राजदूत डेप्रेजले युरोपियन युनियनले नेपाल सरकारलाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको सन्दर्भ उल्लेख गर्दै नीति निर्माणमा सहयोग पु¥याउन इच्छुक रहेको बताउनु भयो । उहाँले स्वस्थ व्यक्ति स्वस्थ पृथ्वीको अवधारणा अगाडि सार्दै मानव गतिविधिको कारण वातावरणमा पर्ने प्रभावलाई न्यूनिकरण गर्न ग्रिन टेक्नोनोजीलाई प्रवद्र्धन, प्रविधिहरुको विकास, वातावरणसँग सम्बन्धित मापदण्डलाई आत्मसात गरी कार्वन उत्सर्जन कम गर्नको लागि निजी क्षेत्रसँग सहकार्य गर्न सकिने उहाँको धारणा राख्नुभयो ।

राजदूत डेप्रेजले वैदेशिक लगानीको लागि नियामक निकायबाट सहज नभएको तर्क राख्दै लगानीमैत्री वातावरण बनाउनुपर्ने धारणा राख्नु भयो । नेपाल एलडीसीबाट ग्र्याजुएट भएपछि प्रतिस्पर्धी क्षमता विकास गरी युरोपियन बजारबाट लाभलिन सकिने बताउनु भयो ।

त्यसैगरी नेपालबाट युरोपियन युनियनमा आवद्ध देशहरुमा निर्यात हुँदै आएको वस्तुहरु निर्यात गर्न सहयोग गर्ने, पर्यटन प्रवद्र्धनको लागि सहयोग पु¥याउने र हवाई उड्यनका सम्बन्धमा देखिएको समस्यालाई समाधान गर्नकोलागि पहल गर्ने बताउनु भयो ।

छलफलमा इयु चेम्बर अफ कमर्शका अध्यक्ष नारायण बजाज लगायत व्यक्तिहरुको उपस्थिति थियो ।

Share Now

Leave a comment.