Prakash Adhikari April 8, 2021

 

काठमाडौं, २६ चैत्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा प्रतिनिधित्व गर्ने नेकपा एमाले बाहेकका तीन ठुला राजनीतिक दलको बैठक बोलाउनुभएको छ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टी सभापति देउवा निवास बुढानिलकण्ठमा शुक्रबार अपरान्ह ३ बजे बस्ने गरी बैठक बोलाइएको जानकारी दिनुभएको छ। बैठकमा आयोजक नेपाली कांग्रेसका अलवा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीलाई बैठकमा बोलाइएको हो।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत चैत २० को बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो।

शुक्रबारको बैठक नयाँ सरकार बनाउनेबारे केन्द्रित हुने अनुमान गरिएको छ ।

कांग्रेस केन्द्रीय बैठक सर्यो

यसैबीच भावि सरकारको सम्बन्धमा छलफल गर्न तीन दलको बैठक आयोजना गरिएको कारण नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको चैत्र २७ गते शुक्रवार वस्ने भनिएको बैठक सरेको छ ।

नेपाली काग्रेसका मुख्य सचिव डा. कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार कांग्रेसको केन्द्रीय समितिको बैठक २०७७ चैत्र ३० गते सोमबार दिनको २ः०० बजे बस्ने भएको छ ।

सो बैठकमा सहभागी बन्नका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरुलाई आमन्त्रण गरिएको छ ।

 

Share Now

Leave a comment.