काठमाडौं, ५ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवस्था आए पार्टी र आफू दुवै तयार रहेको बताउनुभएको छ ।
श्रीराम श्रेष्ठले लेखेको ‘नेपाली जनजाति संस्कार र संस्कृति पुस्तक’को आज विमोचन गर्दै कांग्रेस सभापति देउवाले सरकारको नेतृत्व लिनुपर्ने अवस्था आएमा आफ्नो पार्टी र आफू पर नभाग्ने बताउनुभयो।
‘प्रधानमन्त्री बन्न हामी लालायित छैनौं। तर हामीले नै सरकारको नेतृत्व गर्नुपर्ने परिस्थिति आयो भने पछाडि हट्दैनौं,’ कांग्रेस सभाति देउवाले भन्नुभयो।
उहाँले देशको राजनीति अत्यन्तै तरल भएको र घट्नाक्रमहरु छिटोछिटो परिवर्तन भैरहेकोले राजनीतिक अवस्था कस्तो रहन्छ भन्नेबारे हेर्न पनि पार्टीका नेताहरूलाई आग्रह गर्नुभएको छ।


















