काठमाडौं, ५ बैशाख । नेपाल आयल निगमले आइतबार(आज)देखि लागू हुने पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ /१ रुपैयाँका दरले बढाएको छ। यो मूल्य बृद्धिपछि पनि निगमलाई भने मासिक १ अर्ब ४१ करोड ३२ लाख रुपैया भन्दा बढी नोक्सानी हुने निगमले जनाएको छ ।
मूल्यवृद्धिसँगै काठमाडौं आसपासका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १२१ पुगेको छ भने डिजेलरमट्टितेलको मूल्य १०४ रुपैयाँ तय गरिएको छ ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार आन्तरिक उडानका लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा २ रुपैयाँ प्रतिलिटरले वृद्धि गरेको छ। मूल्यवृद्धिसँगै हवाई इन्धनको मूल्य ७६ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग गरिने हवाई इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएको छ।

निगमका प्रवक्ता विनितमणि उपाध्ययले पेट्रोलमा ६ रुपैया ७२ पैसा डिजेलमा ४४ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर ४१८ रुपैया ४७ पैसा नोक्सानी भई अर्धमासिक रुपमा ७० करोड ६६ लाख अर्थात मासिक १ अर्ब ४१ करोड ३२ लाख रुपैया नोक्सानी भएको जनाउनुभएको छ ।
उहाँले एलपीजी ग्यासमा मात्रै निगमलाई अर्धमासिक रु ६० करोड १३ लाख अर्थात मासिक १ अर्ब २० करोड २६ लाख रुपैया नोक्सानी ब्यहोर्नुपर्ने छ ।
निगमले प्रकाशित गरेको विज्ञप्ति अनुसार हाल कायम भएको मूल्य बीरगञ्जको सीमावर्ती भारतीय शहरहरु रक्सौलभन्दा पट्रोलमा रु. २९।२३ र डिजेलमा रु. ३५।४१ सस्तो छ।
यसअघि निगमले पछिल्लो पटक २२ चैतमा पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।


















