काठमाडौं, ५ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो भारत भ्रमण आज(आइतबार) अपरान्ह स्वदेश फर्कनुभएको छ ।
उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजावादीहरुले पूष्पगुच्छा अर्पण गर्दै नारा लगाएर स्वागत गरेका थिए ।
कोरोना महामारीका बीच पनि ठूलो संख्यामा राजावादीहरु शाहको स्वागतमा विमानस्थल पुगेका थिए ।
भारतको हरिद्वारमा भएको कुम्भमेलामा सहभागी हुन गत चैत २६ गते पत्नी कोमल शाहसहित पूर्वराजा ज्ञानेन्द्र शाह भारत प्रस्थान गर्नुभएको थियो ।
निरञ्जन पीठाधीश्वर स्वामी श्री कैलाशानंदजी महाराजको निमन्त्रणामा कुम्भमेलामा सहभागी बन्नुभएका राजाको त्यहाँ अभिनन्दन गरिनुको साथै उहाँबाट शाही स्नान गरिएको थियो ।
अभिनन्दन समारोहमा नेपालमा राजतन्त्र हटेपछि भारतसंगको सम्बन्ध बिग्रेको बताउदैं उहाँलाई सन्त महन्तहरुले नेपालमा राजतन्त्र पुनस्थापित हुने आशिर्वाद दिएका थिए ।
पूर्वराजा केही दिन दिल्लीमा समेत बस्नुभएको थियो ।


















