Prakash Adhikari April 22, 2021

 

काठमाडौं । आक्रामक रुपमा बजार विस्तारमा लागेको मेगा बैंकले विभिन्न पदका लागि ५६ जना कर्मचारीहरु माग गरेको छ ।
बैंकले देशका सातै प्रदेशमा रहेका आफ्ना शाखाहरु लागि आवश्यक कर्मचारी मागेको हो ।

बैंकले प्रबन्धक, सहायक प्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत लगायत सहायक स्तरका लागि कर्मचारी माग गरेको हो ।

बैंकले एसईई पासले पनि आवेदन दिन सक्ने जनाएको छ । इच्छुक योग्यता पुगेका नेपाली नागरिकले बैशाख २२ गते (मे ५ तारिख)सम्म आवेदन दिन सक्नेछन् ।

Share Now

Leave a comment.