दक्षिण क्यालिफोर्निया(संयुक्त राज्य अमेरिका), १० बैशाख(बीबीसी) । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मङ्गल ग्रहमा रहेको कार्बन डाइअक्साइडबाट अक्सिजन बनाउने प्रविधिको सफल प्रयोग गरेको जनाएको छ।
मोक्सी नामको यन्त्रबाट एक जना मानिसलाई १० मिनेटसम्म श्वास फेर्न पुग्ने पाँच ग्राम अक्सिजन बनाउन यसै साता सफलता हासिल भएको हो।
The NASA Perseverance rover has successfully converted some of the plentiful carbon dioxide on Mars into oxygen as a first test of its MOXIE instrument.
If this experiment is successful, it could assist with human exploration of Mars in the future. https://t.co/Y1P1kuTzp4
— CNN International (@cnni) April 23, 2021
नासाले सो प्रयोग भविष्यमा मङ्गल ग्रहमा हुनसक्ने मानव सहितको अन्तरिक्ष अभियानहरूमा धेरै अक्सिजनको साटो मोक्सीको ठूलो रूपलाई लैजान सकिने विषयमा अध्ययन गरिरहेको छ।
मोक्सी यन्त्र पर्सिभिअरन्स यानमा रहेको छ।
साथै नासाले बिहीवार मंगल ग्रहमा हेलिकप्टरको दोस्रो सफल उडान परीक्षण गरेको छ।
इन्जुइनिटीको दोस्रो उडान
#MarsHelicopter Flight #2 is in the books! I’ve captured its higher, bolder flight, and I’ll be sending back all my latest frames soon. Meanwhile, here's a quick preview, including takeoff and two turns. pic.twitter.com/MmNOuIQ8ly
— NASA's Perseverance Mars Rover (@NASAPersevere) April 22, 2021
इन्जुन्युटी हेलिकप्टर दोस्रो पटक उड्दा पाँच मिटर माथि उठेको, दुई मिटर हावामा सीधा अघि बढेको त्यसपछि पुरानै स्थानमा फर्केर अवतरण गरेको थियो।
नासाले हेलिकप्टरको प्रत्येक उडानलाई लामो, टाढा र छिटो बनाउने गरी परीक्षण गरिरहेको छ।
गत सोमवार पृथ्वी बाहेकको ग्रहमा नियन्त्रित उडान गर्ने पहिलो हेलिकप्टर बन्दै इन्जुन्यूटीले इतिहास बनाएको थियो।
प्रविधिको परीक्षण
हेलिकप्टर र अक्सिजन निर्माण यन्त्र दुवै प्रविधिको परीक्षण हुन्। यी दुवै पर्सिभिअरन्स यानसँगै फेब्रुअरीमा मङ्गल ग्रहमा पुगेका थिए।
हेलिकप्टर जस्तै मोक्सी यन्त्रको पनि थप परीक्षणहरू गरिने छन्।
मङ्गल ग्रहको हावामा ९६ प्रतिशत कार्बन डाइअक्साइड छ र अक्सिजन ०.१३ प्रतिशत मात्रै छ जुन पृथ्वीको हावामा भएको २१ प्रतिशत अक्सिजनभन्दा निकै कम हो।
मोक्सीले एक अणु कार्बन र दुई अणु अक्सिजन मिलेर बनेको कार्बन डाइअक्साइडबाट एक अणु अक्सिजन निकाल्न सफल भएको हो।
बाँकी एक अणु कार्बन र एक अणु अक्सिजन मिलेर बनेको कार्बन मोनोअक्साइड त्यसले त्यहाँको हावामा छोडिदिएको हो।

हेलिकप्टर
पानी पनि बनाउन सकिने
मोक्सीले कति राम्ररी काम गर्छ भनेर वैज्ञानिकहरू यसलाई विभिन्न तरिकाले चलाउने तयारी गरिरहेका छन्।
सानो आकारको यसले यसले एक घण्टामा १० ग्राम अक्सिजन निर्माण गर्ने अपेक्षा गरिएको छ।
मङ्गल ग्रहमा अन्तरिक्षयात्रीलाई धेरै टन अक्सिजन आवश्यक पर्नेछ। अक्सिजन श्वास फेर्न मात्रै होइन, यानलाई मङ्गल ग्रहको सतहबाट प्रक्षेपण गर्न पनि आवश्यक पर्छ।
नासाको अपेक्षा मोक्सीको प्रयोग सफल भयो भने पृथ्वीबाट कम मात्रै अक्सिजन लगेर त्यहीँको वातावरणमा अक्सिजनको व्यवस्था गर्ने हो।
यो प्रविधिलाई विकास गरेर त्यो अक्सिजनलाई हाइड्रोजनसँग मिसाएर पानी पनि बनाउन सकिने वैज्ञानिकहरूको अपेक्षा छ।


















