काठमाडौं, १३ आषाढ । अफ्रिकी पावरहाउस सेनेगल जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुग्ने संभावनलाई जीवितै राखेको छ ।
टोरोन्टो स्टेडियममा भएको खेलमा सेनेगलले इराकी टोलीलाई पूर्ण रूपमा दबाबमा राख्दै ५–० को फराकिलो अन्तरले पराजित गर्यो। नकआउट चरणको दौडमा कायम रहन सेनेगलका लागि यो खेल विशाल गोल अन्तरले जित्नु आवश्यक थियो।
खेलको चौथो मिनेटमै सेनेगलका हबिब डियाराले गोल गर्दै टोलीलाई अग्रता दिलाए। खेलको १३औँ मिनेटमा इराकका डिफेन्डर रेबिन सुलाकाले रातो कार्ड पाएपछि इराक १० खेलाडीमा सीमित भयो, जसको फाइदा सेनेगलले भरपूर उठायो।
पहिलो हाफमा १–० को अग्रता लिएको सेनेगलले दोस्रो हाफमा थप ४ गोल गर्यो। ५६औँ मिनेटमा इस्माइला सारले गोल गरे। पापे गुएले उत्कृष्ट प्रदर्शन गर्दै ५९औँ र ७१औँ मिनेटमा लगातार दुई गोल गरे।खेलको ८३औँ मिनेटमा इलिमान न्डियाएले ३० यार्ड टाढाबाट सानदार गोल गर्दै सेनेगलको ५–० को जित पक्का गरे।
यो फराकिलो जितसँगै सेनेगलले ३ अंक र उत्कृष्ट गोल अन्तरसहित ‘सर्वोत्कृष्ट तेस्रो टोली’ को रूपमा नकआउट चरणमा पुग्ने आफ्नो सम्भावनालाई निकै बलियो बनाएको छ।








