धनगढी(कैलाली),२७ माघ । प्रदेश नम्बर ७ को सभामुखमा नेकपा एमालेका अर्जुन बहादुर थापा निर्विरोध सभामुख चयन हुने निश्चित भएको छ । तोकिएको समयभित्र उनले मात्रै मनोनयन दर्ता गराएका थिए ।
वाम गठबन्धनका तर्फबाट थापालाई सभामुखको उमेदवारका रुपमा मनोनयन दर्ता गर्न लगाईएकोमा अरु कसैको उमेदवारी नपरेपछि उनी निर्विरोध हुने निश्चित भएको हो ।
बझाङ प्रदेश सभा १ बाट प्रदेशसभामा थापा निर्वाचित भएका थिए ।
थापाको प्रस्तावकमा कैलाली क्षेत्र नम्बर ४ को १ बाट प्रदेशसभामा निर्वाचित सदस्य तथा नेकपा एमाले कैलालीका अध्यक्ष दीर्घ सोडारी र समर्थकमा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता त्रिलोचन भट्ट रहेका छन् ।
सभामुखको आधिकारीक घोषणा भने आईतबार बस्ने प्रदेशसभाको वैठकले गर्नेछ ।