Prakash Adhikari February 10, 2018

काठमाडौं, २७ माघ । नेकपा एमालेले आइतबार ११ः३० बजे स्थायी समितिको बैठक बोलाएको छ ।

शनिवार अपरान्ह ४ बजेको लागि बोलाईको बैठक अचानक स्थगन गरिएको थियो ।

बैठकमा पार्टी अध्यक्ष ओलीले पार्टी एकता प्रक्रियामा हालसम्म भएका प्रगतिका विषयमा ब्रिफिङ गर्ने तयारी गरेका छन्।

ओलीले गत बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग ललितपुको मानभवनको एक गोप्य स्थानमा करिब तीन घन्टा एक्लै वार्ता गरेका थिए।

सो भेटमा शुक्रबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने निर्णय गरिए पनि तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो।

पछिल्लो समय दुई वाम दलबीचको एकता प्रक्रिया जटिल मोडमा पुगेको भन्दै दुवै दलका शीर्ष तहका नेताहरुले समेत संशय व्यक्त गरेका थिए।

माओवादी केन्द्रले फागुनको दोस्रो साता अगाडि नै नयाँ सरकार गठन हुने भन्दै त्योभन्दा अघि नै पार्टी एकताको मोडालिटी टुंग्याउनुपर्ने बताउँदै आएको छ।

पार्टी सचिव योगेश भट्टराईले बैठकमा प्रतिनिधिसभा निर्वाचनको समानुपातिकको सूची टुंगो लगाउने विषयमा पनि छलफल केन्द्रित हुने बताए। ‘

उनले भने, निर्वाचन आयोगले केही दिनभित्र समानुपातिकको सूची बुझाउन भनेको छ, त्योसँगै एकताको मोडालिटीका विषयमा पनि छलफल हुन्छ।’

Share Now

Leave a comment.