Prakash Adhikari April 28, 2021

 

नयाँदिल्ली(भारत), १५ बैशाख(बीबीसी) । भारतमा कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा बढिरहँदा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुने मानिसको सङ्ख्या मङ्गलवार दुई लाख नाघेको छ।

अधिकारीअरूका अनुसार मङ्गलवार मात्रै ३ हजार २ सय ८६ जना व्यक्तिको ज्यान गएको छ।

यो महामारी शुरू भएयताकै एक दिनमा मृत्यु भएको सबैभन्दा उच्च सङ्ख्या भएको अधिकारीहरूले बताएका छन्।

स्वतन्त्र विश्लेषकहरूका अनुसार भारतमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउने मानिसहरूको सङ्ख्या सरकारले बताउने गरेको भन्दा दोब्बर हुनसक्छ।

सरकारी आँकडा
भारतीय सञ्चारमाध्यमहरूका अनुसार अन्तिम संस्कार गरिएका आँकडा हेर्दा ज्यान गुमाउनेहरूको सङ्ख्या दोबर हुनसक्ने देखिन्छ।

भारतमा अस्पतालमा भएका मृत्युहरूलाई मात्र गणना गरिएको छ।

सङ्क्रमणमा देखिएको पछिल्लो वृद्धिले भारतको स्वास्थ्य प्रणालीलाई घुँडा टेकाइदिएको छ।

गत एक साताभित्र मात्र २० लाख कोरोनाभाइरस सङ्क्रमित थपिएको तथ्याङ्क छ।

काठ

मृतकको हिसाबले संयुक्त राज्य अमेरिका, ब्रजिल र मेक्सिकोपछि भारत चौथो स्थानमा रहेको छ।

यद्यपि ती मुलुकहरूमा भारतमा जस्तो अहिले देखिएको सङ्कट चाहिँ नरहेको बताइएको छ।

थुप्रै देश तथा विश्व स्वास्थ्य सङ्गठनले भारतमा खासगरी अक्सिजनको सहायता पठाउँदैछन्।

अस्थायी प्रबन्ध
अस्पतालमा शय्या तथा अक्सिजन नपाएर कतिपय बिरामीले ज्यान गुमाउनुपरेको छ भने बिरामीहरूको चाप थेग्न अस्पतालहरूलाई हम्मेहम्मे भएको छ।

मसानघाट
मसानघाटमा शव जलाउन ठाउँको अभाव हुँदा दिल्लीमा अस्थायी खालको संरचना बनाइँदैछ।

दिल्लीमा २४ घण्टाको अवधिमा सबैभन्दा धेरै ३ सय ८१ जनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको अधिकारीहरूले बताएका छन्।

‘शव जलाउने ठाउँ पनि छैन’: भारतमा कोभिडले सिर्जना गरेको भयावह स्थिति

शव जलाउनका लागि दाउरा पूर्ति गर्न अधिकारीहरूले पार्कका रूखहरू काट्न थालेका विवरण आएका छन्।

मृत्यु हुने मानिसहरूको सङ्ख्या बढ्ने क्रम जारी रहँदा शव जलाउनका लागि दाउरा जम्मा पार्न तथा अन्तिम संस्कारका कतिपय पाटोमा सघाउनका लागि मृतकका आफन्तहरूलाई आग्रह गर्न थालिएको छ।

 

Share Now

Leave a comment.