काठमाडौं, १५ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ।
शरीरमा सोडियमको मात्रा कम देखिएपछि मंगलबार साँझ उहाँलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो।
सीता दाहाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित हुनुहुन्छ। स्वास्थ्यकर्मीहरूका अनुसार रोग लागेपछि मस्तिष्कको कोषिकामा क्षति पुग्नाले मानसिक सन्तुलन गुम्नुका साथै हिँडाइ र बोलाइमा समस्या हुने गर्दछ।


















