काठमाडौं, १८ बैशाख । नेपाल उद्योग परिसंघले उद्योग,व्यवसाय र यातायात क्षेत्रका मजदूर र कर्मचारीलाई प्राथमिकतामा राखेर कोरोना भाइरसको खोप लगाउने व्यवस्था गर्न सरकारसंग माग गरेको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा शनिवार एक विज्ञप्ति प्रकाशित गर्दै सा माग गरेको हो ।
हक र अधिकार प्राप्त श्रमिकहरुको उत्पादकत्व क्षमता बढ्ने बताउदै परिसंघले कोरोना जस्तो महामारीबाट विश्व आक्रान्त भएको बेलामा मजदूरहरुको जीवन रक्षाको लागि सरकारले पहल गर्नुपर्ने बताएको छ ।
परिसंघले देशमाऔद्योगिक वातावरण निर्माण गर्दै श्रमजीवीलाई एकतावद्ध बनाई सवल र सुदृढ राष्ट्रिय अर्थतन्त्रको परिकल्पनामा हातेमालो गर्दै आत्मनिर्भर नेपाल बनाउन यस दिवसले प्रेरणा मिलोस भन्ने कामना समेत गरेको छ ।
परिसंघले कोरोना महामारीबाट उत्पन्न विषम परिस्थितिमा संगठित र असंगठित क्षेत्रमा काम गर्ने मजदुर वर्गका लागि सरकारबाट विशेष राहत कार्यक्रम ल्याउन माग गर्दै अहिलेको अवस्थामा खोप सुविधा र राहतले मजदूरमैत्री वातावरण निर्माणमा सघाउने बताएको छ ।
विश्व मजदूर दिवसका अवसरमा परिसंघका अध्यक्ष सतिशकुमार मोर उद्योग, व्यवसाय र राष्ट्र निर्माणका कर्णधार रहेका मजदूरहरुलाई शुभकामना पनि दिनुभएको छ ।
परिस.घले खोप आयातमा निजी क्षेत्रलाई समेत सामेल गराएर अरु देशका खोपहरुलाई पनि अनुमति प्रदान गरी फास्ट ट्रयाकबाट खोप आयात गरी खोपलाई तीव्र बनाउन पनि आग्रह गरेको छ ।


















