Prakash Adhikari May 5, 2021

 

काठमाडौं, २२ बैशाख । नेपालमा गत २४ घण्टामा थप ८ हजार ६ सय जना भन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

तीमध्ये काठमाडौं उपत्यकामा फेला परेका सङ्क्रमितको सङ्ख्या सर्वाधिक छ।

मन्त्रालयका अनुसार उसले सो अवधिमा थप ५८ जनाको कोभिड १९ सम्बन्धी कारणले मृत्यु भएको विवरण प्राप्त गरेको छ।

यो अहिलेसम्म पुष्टि भएको सर्वाधिक दैनिक वृद्धि र मृत्युको सङ्ख्या हो।

अहिले पुष्टि भएका सङ्क्रमितहरू पीसीआर विधिसहित एन्टिजन विधिबाट परीक्षण गर्दा पहिचान भएका हुन्।

नेपाल कोभिड

सरकारले मङ्गलवार ७ हजार ६ सय ६० जनामा सङ्क्रमण र ५५ जनाको मृत्यु र सोमवार ७ हजार ४ सय ४८ जनामा सङ्क्रमण र ३७ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको थियो।

अहिलेको वृद्धिसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६६ हजार ३ सय नाघेको छ।

तीमध्ये ४ हजार ४ सय ६४ जना संस्थागत आइसोलेशनमा र बाँकी ६१हजार ५ सय जनाजति घरममै आइसोलेशनमा बसेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभएको छ।

६ सय १६ जनामा एन्टिजन विधिबाट परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएका हो

सङ्क्रमण पुष्टि हुने दर उच्च
मन्त्रालयले गरेको ब्रीफिङमा बोल्दै डा. गौतमले सोमवार यता नेपालमा ५३ हजार ५ सय ४५ वटा परीक्षण गर्दा २३ हजार ७ सय १३ मा सङ्क्रमण पुष्टि भएको बताए। यसले सङ्क्रमण पुष्टि हुने दर उच्च भएको देखाउँछ।

उनका अनुसार सो अवधिमा ५ हजार ७ सय ८९ जना सङ्क्रमणमुक्त भएका छन्।

सरकारको तथ्याङ्कअनुसार बुधवार अपराह्णसम्म देशभिर ६६ हजार ३ सय ५२ जना पुष्टि भएका सक्रिय सङ्क्रमित छन्।

्रविगत २४ घण्टा पीसीआर विधिबाट २० हजार ७ सय ५६ नमुनाको र एन्टिजन विधिबाट ६ सय १६ जनाको परीक्षण गरिएकोमा क्रमशः ८ हजार ६ सय ५ र ५४ गरी कुल ८ हजार ६ सय ५९ जनामा कोभिड १९ पुष्टि भएको डा. गौतमले बताउनुभयो।

नेपालमा कोभिड सङ्क्रमण दर किन सबैभन्दा उच्च

मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा अहिले पुष्टि भएका सङ्क्रमितहरू विभिन्न उमेर समूहका देखिन्छन्।

त्यसमध्ये २० वर्षदेखि ४९ वर्षसम्मका मानिसको सङ्ख्या ५,७०७ अर्थात् झन्डै ६६ प्रतिशत छ।

कोरोनाभाइरस
कोरोनाभाइरस

काठमाडौंमा धेरै सक्रिय सङ्क्रमित र मृत्यु

मन्त्रालयका अनुसार अहिले काठमाडौं उपत्यकामा तीन जिल्लामा कुल ३०,००० जनाभन्दा केही बढी पुष्टि भएका सक्रिय सङ्क्रमित छन्।

काठमाडौं २२,८०८
भक्तपुरः २,७४७
ललितपुरः ४,६००
उपत्यकामा भएका सक्रिय सङ्क्रमितको सङ्ख्या देशभरि भएका सङ्क्रमितको कुल सङ्ख्याको ४५ प्रतिशतभन्दा बढी हो।

राजधानी उपत्यकामा अहिलेसम्म १ हजार १ सय ५४ जनाको कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु भएको सरकारी तथ्याङ्क छ।(बीबीसीबाट)

Share Now

Leave a comment.