Prakash Adhikari May 6, 2021

काठमाडौं, २३ बैशाख । सुमधुर स्वरका धनी गायक प्रेमध्वज प्रधानको निधन भएको छ।

उहाँको आज सुन्धारास्थित न्यूरो अस्पतालमा निधन भएको संगीतकार समाजका पूर्वअध्यक्ष लक्षमण शेषले जानकारी दिनुभएको छ ।

अस्पतालमा रहेका शेषका अनुसार उहाँको अन्त्येष्टिका बारेमा परिवारका सदस्यबीच सरसल्लाह भइरहेको छ।

८४ बर्षका प्रधानको छातीमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो।

उहाँका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘पर लैजाउ फुलहरू’ गोरेँटो यो गाउँको लगायत गीतहरु चर्चित छन्।
प्रधानकी श्रीमति र दुई छोरा हुनुहुन्छ । दुवै छोरा हाल अमेरिकामा हुनुहुन्छ ।

वि.सं.१९९४ साल असार कृष्णपक्षका दिन सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिनुभएका प्रधानको घरमा साङ्गितिक माहोल थियो।

उहाँको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय सङ्गीतमा गहिरो रुचि राख्नुहुन्थ्यो।

उघरमा दिनहुँजस्तो भैरहने साङ्गीतिक कार्यक्रमहरुको प्रभावले विस्तारै उहाँमा पनि सङ्गीतप्रति रूची जागेको बतान्छ।

आफ्नो समयका निक्कै चर्चित र स्टाईलिस गायक प्रधानका गीतहरू, सुमधुर,कर्णप्रिय र सदाबहार छन् ।

Share Now

Leave a comment.