काठमाडौं, २४ बैशाख । नेपाली कांग्रेसका नेताहरुले खोप काण्डको गहिराईमा पुगेर छानविन गर्न माग गर्नुभएको छ ।
प्रधानमन्त्री निकट शक्तिशाली व्यापारीहरुले सरकारले खरिद गर्न लागेको ५० लाख मात्रा खोपमा कमिशन खान खोजेकोले सो योजना तुहिन गएको कुरा सञ्चारमाध्यममा सार्वजनिक भएको थियो ।
स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले समेत यस विषयमा प्रधानमन्त्री के.पी. ओलीलाई जानकारी गराउदा उहाँले गम्भीर चासो नदिनुभएको बताउनुभएको थियो ।
भारतमा कोरोना भाइरसको दोस्रो महामारी चल्नु पहिले नै ल्याउने तयारी भएको सो खोप कमिशन खोरहरुको अवरोधको कारण रोकिन गएको थियो ।
जीवनमाथि खेलवाडको विरोध
कोरोनाको दोस्रो लहरले नेपालभर कोरोना संक्रमण बढेको र संक्रमितहरुको मृत्युदर पनि १ प्रतिशत पुग्न गएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा देखिन्छ ।
डा. रामेशका अनुसार खोपले मृत्युमुक्त नगर्ने भएपनि खोप लगाएकोमा संक्रमण हुने र त्यसबाट मृत्युहुने संभावना ०.०४ प्रतिशत हुने र खोप नलगाएकोमा १ प्रतिशत देखिएको बताउनुभएको छ ।
खोप लाएकामा ०.०४% मर्छन् र नलाएकामा १.०३%, यानेकि लगभग तीनलाख ज्यादा। यो थप मृत्युको जिम्मेबार को हो मेरो प्रिय राजनेता?
— रामेश (@RaameshKoirala) May 5, 2021
नेपाली कांग्रेसका नेताहरुले कमिशनको कारण आम नागरिकलाई आवश्यक पर्ने खोप खरिदमा आएको व्यवधान थाहा पाएर पनि त्यसलाई तोड्न भन्दा कमिशनखोरको पक्षपोषण गर्नुभएका प्रधानमन्त्रीको व्यहारमा पनि प्रश्न उठाउनुभएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले भन्नुभएको छ, देश र जनता कोरोना संक्रमणको महामारीमा रहेको समयमा स्वयं प्रधानमन्त्रीकै छत्रछायाँमा रहेका व्यावसायीहरुले जनस्वास्थ्य माथि गरेको यति ठुलो अपराध र बेइमानी कदापि क्षम्य हुन सक्दैन। यसको सबै जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ र समय आएपछि जनताले यसको हिसाब गर्नेछन्।
खोप ल्याउन पहल गर्न नसक्ने प्रधानमन्त्रीलाई प्रश्न गर्दै कांग्रेसका युवा नेता गगन थापाले भन्नुभएको छ, खोप प्रकरणमा सार्वजनिक तथ्यले प्रस्ट पार्छ जे भयो त्यो अनियमितता मात्र होइन,अपराध हो र त्यो सवै@ PM_Nepal ज्यिूलाई थाहा थियो तर,रोक्नुभएन अर्थात् आफै संलग्न हुनुभयो।जो आरोपित छ उनैलाई छानबिन गर भन्नुको केही अर्थ छैन।संसदले यो अपराधको जरासम्म पुगेर छानबिन गर्ने दायित्व पुरा गर्नुपर्छ
खोप प्रकरणमा सार्वजनिक तथ्यले प्रस्ट पार्छ-जे भयो त्यो अनियमितता मात्र होइन,अपराध हो र त्यो सवै@PM_Nepalज्यूलाई थाहा थियो तर,रोक्नुभएन अर्थात् आफै संलग्न हुनुभयो।जो आरोपित छ उनैलाई छानबिन गर भन्नुको केही अर्थ छैन।संसदले यो अपराधको जरासम्म पुगेर छानबिन गर्ने दायित्व पुरा गर्नुपर्छ
— Gagan Thapa (@thapagk) May 7, 2021
नेपाली कांग्रेसकै केन्द्रीय सदस्य धनराज गुरुड.ले पनि यस प्रकरणका तिखो टिप्पणी गर्नुभएको छ । कमिशनको खेलले कोरोना बिरुद्धको खोप रोकिनु अत्यन्तै लज्जास्पद१ जिटुजी खरिदमा बिचौलिया कसरी घुसाइयो प्र.म.ज्यु ? अनि तिनै बिचौलियाहरुको अगाडि प्र.म.को निरीहता किनरु महामारीको बेलामा कहिले स्वास्थ्य सामाग्री खरिदमा कमिशन कहिले खोप खरिदमा !जनताको रगत चुस्ने परजीवीहरुको रजगज कहिलेसम्म ?
कमिशनको खेलले कोरोना बिरुद्धको खोप रोकिनु अत्यन्तै लज्जास्पद! जिटुजी खरिदमा बिचौलिया कसरी घुसाइयो प्र.म.ज्यु? अनि तिनै बिचौलियाहरुको अगाडि प्र.म.को निरीहता किन? महामारीको बेलामा कहिले स्वास्थ्य सामाग्री खरिदमा कमिशन कहिले खोप खरिदमा!
जनताको रगत चुस्ने परजीवीहरुको रजगज कहिलेसम्म?
एकै खेपमा १ अर्ब साढे २० करोड खाने दाउ
भारतको खोपमैत्री सहयोग अन्तरगत १० लाख डोज खोप प्राप्त गरेपछि सरकारले पनि त्यही पुणेको सिरम इन्स्टिच्यूटबाट उत्पादित कोभिशिल्डको २० लाख डोज प्रतिमात्रा ४ डलरमा किनेको थियो । त्यसको पहिलो खेप १० लाख डोज आएपछि ब्यापारी सुरज वैद्यकी धर्मपत्नी रितुसिंह वैघ र विजय दुगड सिरम इन्स्टिच्यूटको नेपाली एजेन्ट आफूहरु भएको भन्दै मन्त्रालयमा खोप आयातको कार्य आफूहरुमार्फत हुनुपर्ने र त्यसवापतको कमिशन आफूहरुले पाउनु पर्ने मागसहित पुग्नुभएको थियो ।
उहाँहरुको हस्तक्षेपपछि मन्त्रालयको माइन्युटमा सरकारले आफ्नै पहलमा खरिद गरेको २० लाख मात्रा खोपमा १० प्रतिशत कमिशन छुट दिइएको कुरा उल्लेख गरेर पछि खरिद हने औषधीमा १० प्रतिशत कमिशन खान पाउने बाटो बनाएका थिए ।
सामान्यत वस्तु तथा सेवा विक्रेताहरुले बिक्री मूल्यमा नै कमिशन जोड्ने गरे पनि औषधी जस्तो आम नागरिकले उपयोग गर्ने जीवनरक्षक बस्तुको मूल्य सरकारले तय गर्ने नीति भारतमा रहेकोले त्यहाँबाट खरिद हुने औषधीमा कमिशन थप गरेर उल्लेख गर्नुपर्ने अवस्था थियो ।
कारोनाको खोप हरेक नेपालीले दुईमात्रा लगाउनु पर्ने हुनाले नेपालमा यसको झण्डै ६ करोड मात्राको बजार विद्यमान थियो । नेपाल सरकारले खरिद गर्ने आम उपभोग तथा उपयोगको खोपमा बसीबसी १० प्रतिशत कमिशन खान पाउने अवसर ब्यापारीले छोड्ने कुरा थिएन ।
सरकारले २० लाख डोज आपूर्तिको कुरो टुंग्याएपछि थप ५० लाख त्यही सिरम इन्स्टिच्यूटबाट ल्याउने तयारी गरेको थियो । बिजय दुगड र रितुसिंंह बैद्यको प्रवेशपछि सिरमको नेपाली प्रतिनिधि मानिएको उनीहरुको हुकुम इन्टरप्राइजेजले खोपको मूल्य ५ डलर ५० सेन्ट र यसमा १० प्रतिशत कमिशन थोपरेर प्रति मात्रा खोपको मूल्य ६ डलर ५ सेन्ट पुर्याए ।
यसरी हेर्दा सरकारले सीधै खरिद गर्दा भन्दा एजेन्सीमार्फत खरिद गर्दा प्रतिमात्रा २ डलर ५ सेन्टको दरले हालको विनिमय दर १ डलर बराबर ११८ रुपैयालाई आधार मान्दा पनि यो खरिदमा १ अर्ब २० करोड ९५ लाख रुपैया खान खोजेको प्रष्टै देखिन्छ ।
अन्ततः खरिद संझौता उसैसंग
कमिशनका कारण संझौतित १० लाख मात्रा खोप आयातमा व्यवधान पुर्याएको र आयात प्रक्रिया थालिएको ५० लाख मात्रा खोप ल्याउने प्रक्रिया तुहाइदिएको आरोप खेपिरहेको हुकुम डिस्ट्रिबुटर्स प्रा.लि.लाई नै स्वास्थ्य मन्त्रालय अन्तरगतको औषधी व्यवस्था विभागले खोप आयात गर्ने अनुमति दिएको छ ।
विभागले सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप ल्याउन हुकम डिस्ट्रिब्युटर्स प्रालि र भारत बायोन्टेकबाट उत्पादन कोभ्याक्सिन खोप ल्याउनका लागि निजी कम्पनी इमराल्ड फर्मालाई आयात अनुमति दिएको विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिनुभएको छ।
उहाँका अनुसार यसअघि आकस्मिक प्रयोगका लागि अनुमति दिइएको र धेरैमा लगाइसकिएको कोभिसिल्ड र कोभ्याक्सिन खोपलाई सबै सेवा सुविधासहित १० प्रतिशत बढी नाफा लिन नपाउने गरी निजी दुईवटा कम्पनीलाई आयात अनुमति दिइएको छ।‘
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले नेपाललाई चाहिने खोप मन्त्रालयले सीधै खरिद गर्न चाहेको बताए पनि प्रधानमन्त्री निकट व्यवसायीहरुको संलग्नता रहेको कम्पनीमार्फत खोप ल्याउने संझौता भएकोले प्रधानमन्त्री ओली यो कमिशनको जालो र जञ्जालबाट उम्किन सक्ने अवस्था देखिदैन ।
५० लाख खोपमा अतिरिक्त कमिशनको मूल्य नराखेपनि यसपछि आयात गर्नुपर्ने झण्डै ४ करोड मात्रा(कूल ६ करोड मात्रा मध्ये भारतबाट १० लाख अनुदान, २० लाख ४ डलरमा ५० लाख ५।५० डलरमा, चीनबाट ८ लाख, बेलायत, विश्वश्वास्थ्य संगठन र अन्य मुलुकबाट १ करोड मात्रा आउने अनुमान गर्दा पनि किन्न पर्ने थप खोपको मात्रा ४ करोड हुन जान्छ ) मा कमिशन पाउने बाटो सुरक्षित हुन गएको छ ।
कांग्रेस नेता गुरुड.ले त औषधी व्यवस्था विभागले हुकुम डिस्ट्रिबुटर्ससंग गरेको संझौताको पनि विरोध गर्नुभएको छ ।
रु ४७२ को कोरोना बिरुद्धको खोपलाई चार गुणा बढी मूल्यमा बजारमा बेच्न पाउने गरि हुकुम डिस्ट्रिव्युटर्सलाई नै स्वीकृति दिएको भन्ने समाचार के हो सरकार?
महामारीको बेलामा कुकुरले जनताको हड्डी कुरुम-कुरुम चपाउँदा समेत सबै चुपचाप छन् त!
फेरि पनि काले-काले मिलेर खाउँ भाले भयो कि क्या हो?
अस्तिसम्म हुकुम डिस्ट्रिव्युटर्स एण्ड लजिस्टिक प्रालिले १०% कमिसन मागेकोले कोरोनाको खोप ल्याउन सकिएन भनेर स्वास्थ्यमन्त्रीले रोइलो मच्चाउँदै थियो। हिजो त्यही हुकुमलाई खोप ल्याउन स्वीकृति दिएछ त! बल्ल १०% कमिसनको भागबण्डा मिल्यो सरकार? पहिले अोम्नी अहिले हुकुम! सरकारको जय होस्!



















