बुटवल(रुपन्देही), २६ बैशाख ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता भएको छ।
नेकपा माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीको नेतृत्वमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका गरि ४० जना सांसदहरुले आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्।
बैशाख ६ गते दर्ता गरिएको प्रस्तावमा छलफल गर्न विशेष अधिवेशन सुरु हुने दिनमै मुख्यमन्त्री पोखरेलले राजिनामा दिएर अविश्वास प्रस्ताव र विशेष अधिवेशन दुवैको औचित्स समाप्त पारिदिनुभएको थियो ।
तर राजिनामा दिने वित्तिकै नेकपा एमालको संसदीय दलको बैठक बोलाएर आफूलाई भावि मुख्यमन्त्रीको रुपमा प्रस्ताव गर्न लगाएर, प्रदेश सभामा बहुमत रहेका झूठो दावी पेश गरेर उहाँले पुन मुख्यमन्त्रीको नियुक्ति लिनुभयो र प्रदेशप्रमुख धर्मनाथ साहलाई आफ्नै कार्यालयमा बोलाएर शपथ पनि लिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टीको विभाजन हुनुपहिले सोही पार्टीको तर्फबाट उम्म्ेदवार बनेर उपचुनावमा जित्नुभएकी सांसद विमला वलीले आफू नेकपा माओवादी केन्द्रमा समाहित हुन चाहेको निवेदन दिएपछि प्रदेश सभामा नेकपा एमाले अल्पमतमा परेको थियो । नेकपा एमालेको संसदीय दलमा रहनुभएका अर्का सांसदले पनि माओवादी पार्टी रोज्नुभएको बताइएको छ ।
८७ सदस्यीय प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रले आफ्ना २ तथा जनता समाजवादी पार्टील ४ सांसदलाई कारबाही गरिसकेका छन् । नेकपा एमालेका सांसद दृर्ग राज घिमिरेले पनि गत १९ गते नै एमालेको सांसदबाट राजिनामा दिएर नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ ।
यसैले अहिले ८० सदस्यीय बनेको प्रदेश सभामा ४० सांसदहरुले अविश्वासको प्रस्तावमा सही गर्नुभएको छ ।


















