Prakash Adhikari May 11, 2021

काठमाडौं , २८ बैशाख । चीन सरकारले अनुदानमा दिएको भेन्टिलेर अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर लगायतमा स्वास्थ्य सामग्री नेपाल आइपुगको छ।

नेपाल वायु सेवा निगमको वाइडबडी विमानले मंगलबार दिउँसो ती सामग्री ल्याएको हो । स्वास्थ्य सामग्री लिन विमान सोमबार चीन गएको थियो।

चीनले दिने भनेको २० हजार थानमध्ये हाल तयार भएका ४ सय अक्सिजन सिलिन्डर, १ सय ६० थान अक्सिजन कन्सन्ट्रेटर, १० थान भेन्टिलेटर लगायतका २६ टन सामाग्री लिएर नेपाल वायुसेवा विमानको वाइडबडी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको छ ।

चीनले नेपाललाई २० हजार अक्सिजन सिलिण्डर सहयोग दिने बताएको थियो । सो मध्ये २ हजार हवाईमार्गबाट र बाँकी १८ हजार सडकमार्गबाट नेपाल ल्याइने जनाइएको छ ।

बाँकी सामग्री तयार हुनासाथ ढुवानी गर्ने गरीजहाजलाई तयारी अवस्थामा राखिएको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जनाउनुभएको छ ।

नेपालका लागि चीनका राजदूत होऊ याड.जीले चीनको सहयोगको अक्सिजन सिलिण्डर, भेण्टिलेटर लगायतका सामानहरुको पहिलो खेप मंगलबार काठमाडौं आइपुग्ने बताउनुभएको थियो ।

यी सामग्रीहरु चिनिया अधिकारीले चीनका लागि नेपालका राजदूत महेन्द्रबहादुर पाण्डेलाई बेइजिड.मा हस्तान्तरण गर्नुभएको थियो ।

https://twitter.com/PRCAmbNepal/status/1391761077583564816

 

Share Now

Leave a comment.