Prakash Adhikari May 11, 2021

 

काठमाडौं, २८ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणबाट मुक्त हुनुभएको छ ।

उहाँको उपचारमा खटिनुभएका नर्भिक इन्टरनेशनल अस्पतालका फिजिसियन एन्ड कार्डिओलोजिष्ट डा. जेपी जैसवालले उहाँ संक्रमणमुक्त भएर सामान्य अवस्थामा फर्किसकेको बताउनुभएको छ ।

डा. जैसवालले पूर्वराजालाई अहिले अक्सिजनबाट पनि मुक्त गरिसकिएको र उहाँस्वस्थ भइसक्नुभएको बताउनुभयो ।

उहाँसंग संक्रमित भएर सोही अस्पतालमा भर्ना हुनुभएकी पूर्वरानी कोमल शाहको पनि स्वास्थ्यमा उल्लेख्य सुधार आएको बताएको छ । उहाँलाई शुक्रबार आइसियूबाट जनरल बेडमा सारिएको थियो।

पूर्वरानीलाई अहिले प्रतिमिनेट तीन लिटरसम्म अक्सिजन दिइरहनु परेको छ। उहाँ पनि केही समयमै साधारण जीवनमा फर्किने जैसवालले बताउनुभयो।

पूर्वअधिराजकुमारी प्रेरणा पनि संक्रमणमुक्त भइसक्नुभएको छ।‘उहाँहरू सबैलाई एकैपटक डिस्चार्ज गर्ने  तयारी भैरहेको जैसवालले बताउनुभयो।

एकसाथ भर्ना भएको हुनाले घरपनि संगै फिर्ता हुने पूर्वराजपरिवारको तयारी रहेको छ ।

गत वैशाख ७ गते पूर्वराजा, पूर्वरानी कोरोना र उहाँका सुपुत्री प्रेरणामा कोरोना संक्रमण पुष्टि भएपछि सबै जना नर्भिक अस्पताल भर्ना हुनुभएको थियो ।

 

 

Share Now

Leave a comment.