सगरमाथा आधार शिबिर(सोलखुम्बु), २८ बैशाख । बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ ।
🇳🇵🏔 🇧🇭 #sst #sevensummittreks #nepal #sherpa #rope #sagarmatha #everest #himalayas #alpinism #8848m #8848.86m #mountaineering #climb #everest8848 #everest2021 #everestnepal@BahrainEverest @BDF_Bahrain pic.twitter.com/FUEATcsiwx
— Seven Summit Treks 🇳🇵 (@sst8848) May 11, 2021
बहराइनको राजपरिवारका सदस्यसहितको टोली आज बिहान ६ः४० बजे सगरमाथाको चुचुरोमा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागले जनाएको छ । सगरमाथाको आधार शिविरमा रहनुभएका विभागका निर्देशक मीरा आचार्यले सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको छ, “सन् २०२१ मे ११ स्थानीय समय बिहान ६ः४० बजे बहराइनको राजपरिवारका सदस्यसहितको टोली सगरमाथाको शिखर तथा नेपाली गौरव, शान तथा अनुपम सम्पत्ति सगरमाथाको सफल आरोहण गरेको जानकारी प्राप्त भएको छ । सफल आरोहीलाई सगरमाथा जतिनै उच्च बधाई ।”
सन २०२१ मे ११ स्थानिय समय बिहान ५:३० देखि ६:४० बजे बहराइनको राजपरिवाका सदस्य सहितको टोलि बिश्वको सर्वोच्च शिखर तथा नेपालीको गौरब, शान तथा अनुपम सम्पत्ति सगरमाथा (८८४८.८६ मिटर) को सफल आरोहण गरेको जानकारी प्राप्त भएको छ ।
सफल आरोहीलाई सगरमाथा जतिनै उच्च बधाई ।— Mira (@mira9cle) May 11, 2021
बहराइनका अधिराज्यका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ राजकुमार खलिफासहित १६ जनाको टोली सगरमाथा आरोहणमा गएको थियो । उक्त आरोहण टोलीमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स)मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती छन् ।
वसन्तयामको सगरमाथा आरोहणका यही वैशाख २४ देखि शुरु भएको थियो ।
कीर्तिमानी आरोही कामीरिता शेर्पा नेतृत्वको १२ शेर्पा आरोही टोलीले आरोहणका लागि बाटो बनाउन सगरमाथाको चुचुरोमा पुगेको (रोप फिक्सिङ) गरेपछि व्यावसायिक आरोहण शुरु भएको थियो ।
Basecamp update
सगरमाथा हिमालचुलीमा २०२१ मे ७ का दिन बेलुकिको ६ बजे रोप पुगेको छ । यस बर्षको सगरमाथाको पहिलो समिट भएको छ । कामिरिता शेर्पाले नेतृत्व गरेको रोप फिक्सिङ्ग टिम लाई बधाई ।
thank you #Seven_Summit_treks to make it possible and thank you so much for your leadership.— Mira (@mira9cle) May 8, 2021
पर्यटन मन्त्रालयका अनुसार सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूहका ४०८ आरोहीले आरोहण अनुमति लिएका छन् । यसमा ९३ महिला र ३१५ पुरुष छन् । वसन्तयामको हिमाल आरोहणमा ७९ देशका ८६ आरोही समूहमा जम्मा ७७४ जना आरोहीले आरोहण अनुमति लिएका छन् ।
सगरमाथासहितका विभिन्न १९ हिमाल तथा पिक आरोहणका लागि विभिन्न २४ एक्सिपीडिसन कम्पनीमार्फत पर्वतारोही गन्तव्यमा निस्केका हुन् । वसन्तयामको हिमाल आरोहणबाट हालसम्म रु ७१ करोड ४८ लाखभन्दा बढी रोयल्टी सङ्कलन भएकोे छ । सगरमाथाबाट मात्रै रु ६६ करोडभन्दा बढी रोयल्टी जम्मा भएको छ ।


















