Prakash Adhikari May 20, 2021

काठमाडौं, ६ जेठ । कोरोना संक्रमणका विरामीको स्वास्थ्योपचारका लागि सक्षम बनाउन नेपालकै सबैभन्दा जेठो नागरिक अस्पताल बीर अस्पताललाई निजी क्षेत्रले उदारतापूर्व सहयोग गर्न थालेको छ ।

अस्पतालमा भवन र अन्य पूर्वाधारहरु भएपनि कोरोना भाइरसबाट संक्रमितहरुका लागि पर्याप्त अक्सिजन र नयाँ सर्जिकल भवनमा पर्याप्त शय्याको व्यवस्था नभएको जानकारी सार्वजनिक भएसंगै निजी क्षेत्रले आवश्यक उपकरण र स्वास्थ्य सामग्रीहरु सहयोग गरेको हो ।

सरकारले बैशाख २५ गतेको मन्त्रिपरिषद्को बैठकबाट राजधानीको मुटुमा रहेको र पूर्वाधारले सम्पन्न देखिएको बीर अस्पतालका नयाँ सर्जिकल भवन, पुरानो भवन र ट्रमा सेन्टर प्रयोग गरेर ५ सयभन्दा बढी शय्याको युनिफाइड केन्द्रीय कोरोना अस्पताल बनाउने निर्णय गरेको थियो । तर त्यसको हप्तादिन पछि पनि सरकारले आवश्यक उपकरण र सामग्रीहरु उपलब्ध नगराएको कारण बीर अस्पतालको नयाँ सर्जिकल भवनमा सेव ा सञ्चालन गर्न नसकिएको जानकारी अस्पतालकी निर्देशक डा. शान्ता सापकोटाले बताउनुभएको थियो ।

त्यस लगत्तै नेपालका प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घरानाले बीर अस्पतालमा अत्यावश्यक उपकरण र सामग्रीहरुको आपूर्तिमा चासो देखाएका हुन् ।
यसै क्रममा शंकर ग्रुप र इन्फिनिटी होल्डिड.्सले अस्पताललाई ५० शैय्या,म्याट्रेस,तन्ना र अन्य स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ ।

नविल र चौधरी ग्रुपको सहयोग

नेपालको जेठो अस्पतालको पूर्वाधारको पूर्ण क्षमतामा उपयोग गरेर आम नागरिकलाई स्तरीय सुविधा दिलाउनका लागि नविल बैंक र चौधरी फाउण्डेशनले पनि सघाउने भएका छन् । यसै क्रममा नबिल बैंक, चौधरी फाउण्डेशन र नेशनल एकेडेमी अफ मेडिकल साइन्स ९वीर अस्पताल० बीच मंगलबार एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी अनुसार नबिल बैंक र चौधरी फाउण्डेशनले ५० क्युबिक लिटररप्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गर्नेछ । यसबाट एक दिनमा ४० लिटर क्षमताका १ सय ५० सिलिन्डर अक्सिजन भर्न सकिने छ। वीर अस्पतालमा १८ शय्याको अत्याधुनिक आइसीयू पनि निर्माण गरनेछ । यसका लागि आवश्यक स्थान भने अस्पतालले आवश्यक स्थान उपलब्ध गराउने छ

कोरोनाको दोस्रो लहर तीब्र गतिमा फैलिदै जादा अस्पतालमा विरामीले अक्सिजन नपाएर ज्यान गुमाउनु परिरहेको अहिलेको विषम परिस्थितिमा नबिल बैंक र चौधरी फाउण्डेशन सरकारी अस्पताललाई सहयोग गरेका हुन् । यो प्लान्ट स्थापनाबाट अस्पताललाई आवश्यक अक्सिजन उपलब्ध गराउने र यसबाट धेरै विरामीको ज्यान बचाउन सकिने विश्वास बैंक र फाउण्डेशनले लिएका छन् ।

नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड महामारीको शुरुवाती समसयदेखि नै नेपाल सरकारलाई विभिन्न तरिकाले सहयोग गर्दै आएको छ । चालु आर्थिक वर्षमा कोभिड १९ को प्रतिकार्यका लागि नबिल बैंकले नेपाल सरकारलाई रु। ६ करोड नगद सहयोग गरेको छ ।

त्यसैगरी नबिल बैंकले सरकारी तथा विपद्मा काम गरेका विभिन्न संस्थासंग समेत साझेदारी शुरु गरेको थियो । जसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग सहकार्य गरी नेपालका सातै वटा प्रदेशमा स्वास्थ्यकर्मीका लागि स्वास्थ्य आपत्कालिन पूर्व तयारी सम्बन्धी अभिमुखिकरण सम्पन्न भएको छ । यस अन्तर्गत चालु आर्थिक वर्षमा सरकारी, गैरसरकारी र मानवीय कार्यमा संलग्न संस्थाका ३ सय ३० जना स्वास्थ्यकर्मीहरुलाई एक दिने अभिमुखिकरण दिइएको छ ।

जेठो अस्पतालको पूर्वाधार

सरकारले युनिफाइड कोरोना अस्पताल बनाउन तयार पारेको बीर अस्पतालमा १ सय शय्याको आईसीयू, ५० भेन्टिलेटरसहित २ सय एचडीयू बेड र अरू अक्सिजनसहितको जनरल बेड तयार गरिँदै छ । सीसीएमसीले पनि वीरको नयाँ भवनलाई युनिफाइड अस्पताल बनाउन सिफारिस गरेको थियो ।

वीरको नयाँ सर्जिकल भवन, पुरानो भवन र ट्रमाका २–२ सय शय्यासम्म संक्रमितको उपचारमा प्रयोग गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना रहेको छ । वीरको नयाँ भवनको क्षमता ५ सय शय्याको रहेको छ । पूर्ण क्षमतामा सञ्चालन नभएपनि यसमा क्रमश शय्या थप गर्दै लैजाने र संक्रामक रोगसम्बन्धी ऐनअनुसार छुट्टै आदेशबाट कोरोना संक्रमितको उपचार गर्न केन्द्रीय अस्पताल बनाउने निर्णय सरकारले गरेको छ ।

वीर अस्पताल न्याम्सअन्तर्गर्त भए पनि नयाँ भवन स्वास्थ्य मन्त्रालय मातहत छुट्टै विकास समिति गठन गरेर सञ्चालन गर्न लागिएको छ । अस्पताल सञ्चालन गर्न मन्त्रालयका प्रमुख विशेषज्ञ डा। रोशन पोखरेलको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । अस्पतालमा जनशक्तिको व्यवस्थापन पनि मन्त्रालयले नै गर्नेछ । उपचारमा चाहिने जनशक्ति वीर र ट्रमाकै प्रयोग गर्ने गरी कोभिड अस्पताल सञ्चालन गर्न लागिएको हो ।

ट्रमा सेन्टरको क्षमता पनि २ सय शय्याको रहेको छ । अस्पतामा भएका विरामीलाई बीर अस्पतालमा सारेर २ सय बेडमै संक्रमितको उपचारका लागि तयार रहन मन्त्रालयले निर्देशन दिएको छ । ट्रमा सेन्टर का ५० बेडलाई आईसीयू बनाउन सकिने संरचनाका छन् ।

Share Now

Leave a comment.