Prakash Adhikari May 25, 2021

 

काठमाडौं, ११ जेठ । नेपालमा कोरोना भाइरसबाट थप ८ हजार ६ सय ३६ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको छ भने र १ सय ६९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार विगत २४ घण्टामा २२ हजार ९ सय ३६ जनाको पीसीआर र एन्टिजन परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन् ।

सो अवधिमा ६ हजार ४ सय ४ जना सङ्क्रमणमुक्त भएको मन्त्रालय जनाएको छ।

नेपालमा विगत २४ घण्टामा परीक्षणबाट सङ्क्रमण पुष्टि हुने दर ३७.६ रहेको छ।

यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ५ लाख २८ र मृतकको सङ्ख्या ६ हजार ७ सय पुगेको छ।

अहिले पनि काठमाडौं उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ।

परीक्षण

परीक्षण

मन्त्रालयका अनुसार विगत २४ घण्टामा भक्तपुरमा १ हजार ८ सय ६३, ललितपुरमा ४ सय २७ र काठमाडौं ३ सय २३ गरी उपत्यकामा कुल २ हजार ६ सय १३ जनामा कोभिड पुष्टि भएको हो।

मन्त्रालयका अनुसार अहिले देशभरि १ लाख १७ हजार सक्रिय सङ्क्रमण छ।

तीमध्ये १ लाख ८ हजार घरमै छन् भने ८ हजार ८ सय ३३ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले १ हजार ६ सय ७२ जना आईसीयूमा र ४ सय ४७ जना भेन्टिलेटरमा छन्।

भारतको स्थिति

विश्वव्यापी महामारीको केन्द्रमा रहेको भारत कोरोनाभाइरसबाट अतिप्रभावित देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ।

तर सक्रिय सङ्क्रमितको सङ्ख्या क्रमशः घट्न थालेको सरकारले जनाएको छ। भारतमा कोभिडबाट मृत्यु हुनेको सङ्ख्या तीन लाख नाघिसकेको छ।

भारत सरकारले मङ्गलवार बिहान प्रकाशित गरेको तथ्याङ्कमा विगत २४ घण्टामा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या २ लाखभन्दा कम देखिएको छ।

सो अवधिमा परीक्षण गरिएका मानिसमा कोरोनाभाइरस भेटिने दर घटेर ९.५४ प्रतिशत भएको सरकारी तथ्याङ्कमा उल्लेख छ।

कुल १ लाख ९४ हजार ४ सय २७ जनामा कोभिड पुष्टि हुनुलाई सङ्क्रमण घट्ने क्रममा रहेको सङ्केत मानिएको छ।

महामारीको दोस्रो लहरमा परेको भारतका ग्रामीण क्षेत्रमा भएका मृत्यु नगनिएको हुन सक्ने वास्तविक सङ्ख्या योभन्दा उच्च हुनसक्ने विज्ञहरूले बताएका छन्।

भारतमा कोभिड

भारतमा कोभिड

अहिले भारतमा कोभिड भएर निको हुने क्रममा रहेका मानिसमा म्यूकोर्माइकोसिस अर्थात् कालो ढुसीको सङ्क्रमण पनि देखिन थालेको छ।

विभिन्न राज्यमा गरेर हजारौँको सङ्ख्यामा त्यस्ता मानिस फेला परेका छन्।

भारत सरकारका अनुसार अहिलेसम्म २.६९ करोडभन्दा बढी मानिसमा कोभिड पुष्टि भइसकेको

त्यहाँ अहिलेसम्म २१.८ करोड मात्रा खोप दिइसकिएको सरकारी तथ्याङ्क छ।

 

Share Now

Leave a comment.