Prakash Adhikari October 27, 2026

कीर्तिपुर(काठमाडौं), १० कार्तिक । नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करण अन्तरगत आज दोस्रो दिनको दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १ सय ३३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेर जनकपुरले फिल्डिड. रोजेपछि कर्णालीले ब्याटिड. सुरु गरेको थियो ।

कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४३ रनको योगदान दिए । खेलमा पवन सर्राफले ३७ रन बनाए भने राहुल यादव र दीपक डुम्रेलले १३।१३ र गुल्शन झाले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन । खेलमा ओपनर मार्कवाट पहिलो ओभरको अन्तिम बलमा १ रन बनाउदा मोइन अलीको शिकार भए । जनकपुरका राहुल यादवले दीपक डुम्रेलाई तेस्रो ओभरको पहिलो बलमा नै आउट गरिदिए । उनले हसन तलतलाई पनि ३ रनभन्दा बढी जोड्न दिएनन् ।तलत छैठौं ओभरको तेस्रो बलमा आउट भए । १३ औं ओभरको पहिलो बलमा अरिफुल इस्लाम पनि हरमित सिंहको शिकार भए । सोही ओभरको चौथो बलमा हरमितले अकबर अलीलाई १ रन बनाएको अवस्थामा आउट गरे ।
१६ औं ओभरको पहिलो बलमा मोइन अलीले गुल्शन झालाई १२ रनमै आउट गरिदिए । कर्णालीका कप्तान सोमपाल कामी पनि हरमितका अगाडि टिक्न सकेनन् । उनी १ रन मै आउट भए । ३७ रन बनाएर क्रिजमा टिकिरहेका पवर्न शर्राफलाई १९ औं ओभरको पाँचौ बलमा नेपालका ललित राजवंशीले बाहिर धपाए । २० र्औ ओभरको पाँचौ बलमा राहुल यादवको बलमा नन्दन यादव रन आउट भए ।

यसरी २० औं ओभरको अन्त्यमा कर्णाली याक्सले १ सय ३२ रन जोडेर जनकपुरसामु १ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

खेलमा जनकपुरका हरमित सिंहले ३, राहुल यादव र मोइन अलिले २ ।२ तथा ललित राजवंशीले १ विकेट लिए ।

Share Now