Prakash Adhikari February 14, 2018

काठमाडौं, २ फागुन । आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ को अंकतालिकामा उत्कृस्ट २ हुँदै नेपाल र युएई मार्चमा जिम्बाबेमा आयोजना हुने २०१९ आईसीसी एकदिवसीय बिश्वकप छनौट प्रतियोगिता खेल्न छनौट भएका छन्।

डिभिजन-२ को लिग चरणको अन्तिम दिन नेपाल अंकतालिकामा उत्कृस्ट-२ हुन क्यानडालाई पराजित गर्नेपर्ने परिस्थिति थियो। अर्कोतर्फ नामिबिया र युएईको खेलमा बिजयी हुने टिम पनि छनौट हुने सम्भावना प्रबल थियो। नेपालले क्यानडालाई १ विकेटले पराजित गर्दा युएईले पनि नामिबियालाई १९ रनले पराजित गर्यो। अंकतालिकामा नेपालको ५ खेलमा ४ जित र १ हार सहित ८ अंक सहित शिर्षस्थानमा रहेको छ।

अंक तालिका

दोश्रो स्थानमा रहेको युएई, तेश्रो स्थानमा रहेको क्यानडा तथा चौथो स्थानमा नामिबियाको समान ३/३ जित र २/२ हार सहित ६ अंक भए पनि नेट रनरेटको आधारमा युएई दोश्रो भएको हो। युएईको नेटरनरेट १.०३४ , क्यानडाको ०.८६८ तथा नामिबियाको ०.५६६ रहेको छ।

तेश्रो र चौथो स्थानमा रहेका क्यानडा र नामिबिया डिभिजन-२ मै यथावत रहे भने ओमान र केन्या पाँचौ र छैठौं स्थानमा रहँदै डिभिजन-३ मा रेलीगेट भए। ओमानले ५ खेलमा २ जित र ३ हार बेहोर्यो भने केन्याले ५ वटै खेलमा हार बेहोर्यो।

मार्च ६ देखि २५ सम्म जिम्बाबेमा २०१९ को आईसीसी एकदिवसीय बिश्वकपको लागि छनौट प्रतियोगिता आयोजना हुनेछ जसमा नेपाल र युएई सहित १० टोलि सहभागी हुनेछन्। प्रतियोगिताको उत्कृस्ट २ हुने टिम इंग्ल्याण्डमा २०१९ मा आयोजना हुने एकदिवसीय बिश्वकप खेल्न छनौट हुनेछ। डिभिजन-२ को बिजेता घोषणा गर्न बिहिबार नेपाल र युएई बीच फाइनल खेल खेलिनेछ।

आईसीसी बिश्वकप छनौटमा सहभागी टिम

वेस्ट इन्डिज, जिम्बाबे, अफगानिस्तान, आयरल्याण्ड, स्कटल्याण्ड, नेदरल्याण्ड, पपुवा न्यु गिनी, हंगकंग, नेपाल र युएई

बिश्वकप छनौटमा सहभागी हुने १० वटा टिमलाई २ समुहमा बिभाजन गरीएको छ। समुह चरणमा सबै टिमले एकअर्कासंग १-१ खेल खेल्नेछन् जसपछि दुवै समुहबाट उत्कृस्ट-३ हुने टिम सुपर-सिक्स चरण खेल्न छनौट हुनेछ। सुपर सिक्स चरणमा एउटा टिमले ३ वटा खेल खेल्ने छ ( समुह चरणमा भेट नभएका टिमसंग मात्र )। समुह चरणमा पाएको अंक समेत सुपर सिक्स चरणमा जोडिनेछ ( समुह चरणको अंक तालिकामा तलको २ स्थानमा रहेका टिमसंगको अंक बाहेक )।

सुपर सिक्स चरणपछि फाइनल पुग्ने उत्कृस्ट २ हुने टिम बिश्व कप २०१९ खेल्न छनौट हुनेछ।

समुह ‘ए’ वेस्ट इन्डिज, आयरल्याण्ड, नेदरल्याण्ड, पपुवा न्युगिनी र डिभिजन-२ बिजेता
समुह ‘बि’ अफगानिस्तान, जिम्बाबे, स्कटल्याण्ड, हंगकंग र डिभिजन-२ उपविजेता

नेपाल र युएई बीच बिहिबार खेलिने फाइनल खेलले नेपाल समुह ‘ए’ वा ‘बि’ मा रहने तय हुनेछ।

Share Now

Leave a comment.