काठमाडौं, १६ जेठ । नेपालमा बढ्दै गएको कोरोना भाइरसको संक्रमणको रोकथाम र नियन्त्रणका साथै संक्रमितहरुको उपचारको लागि मित्रराष्ट्र चीन, थाइल्याण्डको राजपरिवार र अमेरिकी सरकारले पठाएको दोस्रो खेप नेपालमा आइपुगेको छ ।
परराष्ट्र मन्त्रालयले जनाए अनुसार मित्र राष्ट्र चीनले पठाएको अक्सिजनसहितको ८ सय सिलिण्डर, २ सय आईसीयू बेड, ४५ भेन्टिलेटर,१० थान अक्सिजन कन्सन्ट्रेटर,१५ हजार एण्टिजेन किट, २० थान अटोमेटेड एनालाइजर, १० डीआर मेसिन,२० अल्ट्रासाउण्ड र ३० थान एनेथेसिया मेसिन तातोपानी नाकाबाट नेपाल आइपुगेको छ ।
Nepal received 800 cylinders with oxygen, 200 ICU beds, 45 ventilators 10 concentrators,15000 antigen kits, 20 automated analyzers, 10 Dr machines, 20 ultrasound and 30 anesthesia machines from China at Tatopani today. We thank the Gov and people of China for the generous support pic.twitter.com/rMdTyCdzPY
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) May 30, 2021
थाइलैण्डको राजपरिवारको सहयोग
नेपालमा कोरोनाको दोस्रो लहरले विनाश मच्चाउन थालेपछि सुरु भएका कुटनीतिक प्रयासस्वरुप थाइल्याण्डका राजापरिवारले व्यक्तिगत रुपमा एक जहाज स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
Special aircraft carrying medical supplies provided by H M King of Thailand arrived Kathmandu this morning. Ambassador of Thailand H E Vosita Vorasaph handed them over to @mohpnep at TIA.
GoN is grateful to Their Majesties and all concerned for this support.@PradeepgyawaliK pic.twitter.com/5BxQccyhB8
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) May 30, 2021
थाइ राजपरिवारले १० लाख थान सर्जिकल मास्क, पिपिई गाउन ११ हजार ५२० थान, पिपिई लेग कभर १० हजार जोडी, पिपिई सर्जिक क्याप १० हजार थान, फेस शिल्ड पाँच हजार, रेपिड एन्टिजन युनिट २० हजार युनिट, फिङ्गर टिप्स पल्स अक्सिमिटर ६०० थान, डिजिटल थर्मोमिटर एक हजार ५०० थान, बोडी ब्याग एक हजार, अक्सिजन नाजल ३० थान, अक्सिजन कन्सन्ट्रेटर आठ थान नेपाल सरकारलाई सहयोगस्वरुप पठाएको छ।
थाइ राजपरिवारले पठाएको स्वास्थ्य सहयोग सामग्री लिएर थाई एअरफोर्सको विशेष विमान काठमाडौं आइपुगेको थियो ।
अमेरिकी सहयोगको दोस्रो खेप
अमेरिकाकालागि नेपाली राजदूत डा.युवराज खतिवडाले अमेरिकाको डाइरेक्ट रिलाईफ एण्ड कम्युनिटी पार्टनरसीप इन्टरनेशनलद्धारा नेपालमा अत्यावश्यकीय स्वास्थ्य सामग्री उपलब्ध भएको जानकारी दिनुभएको छ ।
Ambassador Khatiwada thanks and lauds Direct Relief and Community Partnership International of the US for sending essential medical supplies to Nepal to fight the recent COVID-19 surge: A humanitarian medical relief flight from Direct Relief landed in Kathmandu on May 28, 2021… pic.twitter.com/hLBjZpsP4j
— Embassy of Nepal, Washington, D.C. (@nepalembassyusa) May 29, 2021
उहाँले त्यस्तो सहयोग सामग्री लिएर आएका जहाज जेठ १४ गते काठमाडौं उत्रिएको जनाउनुभएको छ । सो जहाजमा ३० लाख ९० हजार डलर बराबरका स्वास्थ्य सामग्री भएको जनाइएको छ ।जसमा ८ सय ६० अक्सिजन कन्सन्ट्रेटर पनि थियो । सो सहयोगमा कम्युनिटी पार्टनरसीप इन्टरनेशनले दान दिएको १ सय ३० वटा ५ लिटरका अक्सिजन कन्सन्ट्रेटर पनि थिए ।


















