Prakash Adhikari June 4, 2021

 

कुवेत सिटी(कुवेत), २१ जेठ । फिफा विश्वकप २०२२ कतार तथा एसियन फुटबल कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरण खेलमा नेपालले दोस्रो जित हात पारेको छ।

बिहीबार कुवेतको राजधानी कुवेत सिटीमा भएको खेलमा नेपालले ताइवानलाई २- ० गोलले पराजित गरेको हो।

नेपाललाई विजयी बनाउन अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरेका थिए।

खेलको तेस्रो मिनेटमा अन्जनले पेनाल्टीमार्फत गोल गरेका थिए।

सन्तोष तामाङको फ्रिकिकमा ताइपेईका खेलाडीले ह्यान्ड गरेपछि नेपालले फ्रि-किक पाएको थियो।

नेपालका लागि दोस्रो गोल वैकल्पिक खेलाडी नवयुगले गरेका थिए । सुमन अर्यालले दिएको पासमा उनले प्रहार गरेको बलले ताइवानको गोलपोष्ट चुमेको थियो । उनले ८१ औं मिनेटमा गोल गरेका थिए।

वैकल्पिक खेलाडी नवयुग ६९ मिनेटमा सुनील बलको सट्टा मैदानमा उत्रेका थिए । मैदानमा छिरेको १२ औं मिनेटमा नै उनलाई गोल गर्ने सफलता प्राप्त भएको थियो ।

समूह ‘बी’ मा रहेको नेपालले बिहिबारको खेलसहित दोस्रो जित हात पारेको हो। यसअघि नेपालले ताइवानलाई उसैको घरेलु मैदानमा २-० गोलले नै पराजित गरेको थियो।

अब नेपालले कुवेतमा नै जोर्डनसँग जेठ २४ गते र जेठ २८ गते अस्ट्रेलियासँग खेल्ने तालिका रहेको छ ।

 

Share Now

Leave a comment.