काठमाडौँ, २० जेठ (रासस) । पछिल्लो २४ घण्टामा ६ हजार ८ सय २५ जनामा कोरोना सङ्क्रमण भएको छ ।
देशभर कूल २१ हजार ७ सय ७३ नमुना परीक्षण गरिएको थियो ।
त्यसमध्ये पिसिरआर विधिबाट १८ हजार ५ सय ६२ र एन्टिजेन विधिबाट ३ हजार २ सय ११ परीक्षण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै ५ हजार ९ सय ४ जना निको भएका छन् ।
नेपाली सेनाद्वार विभिन्न मितिमा शव व्यवस्थापन गरेको समेत गरी कूल ७५ जनाको दुःखद् निधन भएको मन्त्रालयले जनाएको छ । योसहित कूल मृत्यु हुनेको सङ्ख्यामा ७ हजार ६ सय ३० जना पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म ५ लाख ७६ हजार ९ सय ३६ जना कोरोना सङ्क्रमित हुँदा ४ लाख ६७ हजार ४ सय ६७ जना निको भएका छन् ।
पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर १८.६ प्रतिशत रहेको छ भने पोजेटिभमध्ये मृत्यु दर १.६ प्रतिशत रहेको मन्त्रालयको विवरणमा उल्लेख छ ।
काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ३ सय ८२ रहेको छ । यस्तै निको भएकाको सङ्ख्या १ लाख ७५ हजार ८ सय ५२ रहँदा एक हजार ६ सय ५३ जनाले ज्यान गुमाएका छन् । भक्तपुरमा कूल सक्रिया सङ्क्रमित चार हजार १ सय ७४ छन् भने निको भएका १५ हजार ९ सय ३१ छन् । यस्तै कोरोनाका कारण सो जिल्लामा ३ सय २९ जनाको ज्यान गएको छ ।
उता ललितपुरमा सक्रिय सङ्क्रमित ६ हजार ४० छन् । कूल २७ हजार ७ सय २४ जना निको हुँदा ४ सय ५५ जनाको निधन भएको छ । पछिल्ला दिनमा कोरोनाको सङ्क्रमण दरमा कमी आइरहेको समेत पछिल्लो विवरणले देखाएको छ ।


















