हटौडा(मकवानपुर), २९ जेठ । नेपाली कांग्रेसका प्रदेश सांसद नरोत्तम वैद्य शुक्रवार प्रदेश सभामा दिएको विवादास्पद अभिव्यक्तिप्रति आत्मालोचना गर्नुभएको छ ।
शुक्रवार प्रदेश सभा बैठकमा विवादास्पद अभिव्यक्ति दिनुभएका प्रदेशसभा सदस्य शनिवार प्रदेशसभामा विशेष समय लिएर बोल्दै शुक्रवारको अभिव्यक्तिप्रति आफ्नो आत्मालोचना पढेर सुनाउनुभएको थियो।
उहाँले संसदमा बोल्ने क्रममा भन्नुभयो, “आफ्नो कुरा पोख्ने सिलसिलामा आवश्यकताभन्दा बढी नै स्वतन्त्रताको उपभोग गरेको आफूलाई अनुभव भएको छ ।”
उहाँले आफ्नो लिखित आत्मालोचना संसद्मा पढेर सुनाउनुभएको थियो।
विरोधहरूपछि वैद्यले शनिवार उक्त अभिव्यक्ति फिर्ता लिँदै रेकर्डबाट हटाउन सभामुखलाई आग्रह गरेको एक विज्ञप्तिमार्फत् जनाउनुभएको छ।
सो विज्ञप्तिमार्फत् उहाँले शुक्रवारको आफूले बोलेका ुकेही शब्दहरू आपत्तिजनक र संसदीय मर्यादा विपरीत भएको महसुस गरेकोु उल्लेख गर्नुभएको थियो।
वैद्यले प्रदेश संसद्मा बोल्ने क्रममा शुक्रवार ओलीको आलोचना गर्दै देश बचाउन “कोही नाथुराम गोडसे आवश्यक परेको” बताउनुभएको थियो।
उहाँले आक्रोशमिश्रित भावुक अभिव्यक्तिमा भन्नुभएका थियो “कोही नाथुराम गोडसे बन्न तयार छैन भने म बन्ने कि !”
नाथुराम गोडसे भारतीय नेता महात्मा गान्धीलाई गोली हानी हत्या गर्ने व्यक्ति हुन्।

बागमती
पदासिन प्रधानमन्त्रीलाई हत्या गर्ने आशयको उक्त अभिव्यक्तिले चर्को विवाद निम्त्याएको थियो।
वैद्यको पार्टी तथा मुख्य विपक्षी नेपाली कांग्रेसले विज्ञप्ति जारी गर्दै आफ्ना सांसद वैद्यलाई अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिएको थियो।
नेकपा (एमाले)ले आफ्नो पार्टीका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीप्रति शुक्रवार एक विवादित अभिव्यक्ति दिएका बागमती प्रदेशसभा सदस्य रहेका नरोत्तम वैद्यको भनाइ ुआपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीयु रहेको भनेको थियो।
पार्टी प्रवक्ता प्रदीप ज्ञवालीद्वारा शनिवार जारी विज्ञप्तिमा त्यस्तो अभिव्यक्ति ुमुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषयु भएको आफूहरूको ठानेको जनाइएको थियो।
कांग्रेसले के भन्यो ?

कांग्रेस एमालेले जारी गरेका विज्ञप्ति
शनिवार नै नेपाली कांग्रेसले एक विज्ञप्ति निकाल्दै आफ्ना सांसद वैद्यलाई उक्त ुअभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्नु भनेको थियो।
उक्त विज्ञप्तिमा पार्टी प्रवक्ता्र विश्वप्रकाश शर्माले “अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै नभएको”मा नेपाली कांग्रेस प्रस्ट रहेको उल्लेख गर्नुभएको थियो ।
बीबीसीसँगको वार्तामा प्रवक्ता विश्वप्रकाश शर्माले सांसद वैद्यले गल्ती गर्नु भएको र गल्ती बोल्नु भएको बताउनुभएको थियो ।
नेपालमा बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक व्यवस्थामा आधारित संसदीय व्यवस्थाको स्थापना र विकासमा साढे ७ दशकदेखि लागिरहेको नेपाली कांग्रेसका प्रदेश सांसदले दिएको अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा पनि चर्को आलोचना भएको भैरहेको छ।
यो विवाद यतिके समाधान हुन्छ कि अरु चर्किन्छ केही भन्न सकिने अवस्था छैन् । वाग्मती प्रदेश सभामा सत्तारुढ नेकपा एमालेकै सरकार रहेको छ र सभामुख पनि नेकपा एमाले कै हुनुहुन्छ । प्रधानमन्त्री के.पी. ओली पनि नेकपा एमालेकै अध्यक्ष भएकोले सांसद वैद्यमाथि थप कारबाही गर्न प्रधानमन्त्री निकटस्थहरुले सामाजिक सञ्जालमार्फत दवाव दिइरहेका छन् ।
(बीबीसी नेपालीको सहयोगमा)


















