Prakash Adhikari June 12, 2021

विदुर(नुवाकोट), २९ जेठ । स्वास्थ्य, शिक्षा र सामाजिक विकासको क्षेत्रमा काम गर्न स्थापना भएको यशोदादेवी भगवानसिंह के.सी. मेमोरियल ट्रस्टले कोराना संक्रमणको महामारीबाट स्थानीय नागरिकहरुलाई बचाउन नुवाकोटका त्रिशुली अस्पताल, विभिन्न पालिका र स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्रीहरुको सहयोग गरेको छ ।

ट्रष्टका महासचिव जगदिश नरसिंह के.सी.ले दिनुभएको जानकारी अनुसार यही जेठ २७ गते ट्रस्टका अध्यक्ष डा केदार नरसिंह के सीले नुवाकोट जिल्ला म्यागङ गाउँपालिका ,किस्पाङ गाउँपालिका र तारकेश्वर गाउँपालिकाका उपप्रमुख र वडा अध्यक्षहरुलाई ३ ३ थान अक्सिजन कनसनटेटर , १० हजार सर्जिकल माक्स र पीपीई २५ हस्तान्तरण गर्नुभएको छ ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा ट्रस्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसी पनि उपस्थित हुनुहुन्थ्यो ।

अघि  दुप्चेश्वर गाउँपालिकामा ३ थान कन्सनटेटर र पिपीई प्रदान गरिएको थियो ।

विश्वका मानव समुदायमा परेको यो महामारीमा सवैलाई सवैले सकेको सहयोग गर्नुपर्छ भन्ने मूल मान्यता राखी कोभिड महामारीमा ट्रस्टले जिल्लाका आवश्यक परेका पालिका र स्वास्थ्य संस्थामा सहयोग गरेको छ ।ट्रष्टले अक्सिजनको अभाव हुन नदिन जिल्लाभित्र रहेको देउराली प्राथमिक स्वास्थ्य केन्द्र ,खरानिटार अस्पताल ,प्राथमिक स्वास्थ्य केन्द्र ककनीमा २ महिना सम्म दैनिक ५ ५ थान अक्सिजन सिलिन्डर उपलव्ध गराईरहेको छ ।

साथै खरानिटार अस्पतालका स्वास्थ्यकर्मीहरुको लागी एन ९५ सर्जिकल माक्स ,प्राथमिक स्वास्थ्य केन्द्र देउराली लाई २ हजार ५ सय थान सर्जिकल माक्स र सेनिटाइजर तथा त्रिशुली अस्पताललाई ५ हजार सर्जिकल माक्स र ५ सय थान एन ९५ माक्स उपलव्ध गराएको ।

ट्रष्टले जिल्लाको एकमात्र पुरानो अस्पताल त्रिशुली अस्पताल लाइ दुइ आइसीयु बेड उपलब्ध गराउने भएको छ ।

Share Now

Leave a comment.