Prakash Adhikari June 17, 2021

 

जेनेभा(स्वीजरल्याण्ड), ३ आषाढ(बीबीसी) । अमेरिका र रुसका राष्ट्रपतिहरूले जेनेभामा वार्ता सम्पन्न भएको छ ।

तर सन् २०१८ यता भएको पहिलो प्रत्यक्ष भेटवार्तामा दुई नेताहरूले खासै ठोस प्रगति कायम गर्न नसके पनि वार्ता सकारात्मक रुपमा सम्पन्न भएकोमा सन्तुष्टि प्रकट गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले बढाइचढाइ नगरी फरक मतहरू प्रस्तुत गरिएको उल्लेख गर्दै रुसले नयाँ शीतयुद्ध नचाहेको बताउनुभयो।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाइडन अनुभवी राजनेता भएको उल्लेख गर्दे दुवैले समान धारणा राखेको बताउनुभयो।

छलफलमा के भयो ?

दुई नेताहरू बीचको छलफल झन्डै तीन घण्टा चलेको थियो।

वार्ताका लागि त्यो भन्दा बढी समय छुट्याइएको भएपनि बाइडनले आफूहरूलाई थप समय नचाहिएको र रुससँग सम्बन्ध सुधारको वास्तविक सम्भावना अहिले देखा परेको बताउनुभयो।

रुसी नेताका लागि बाइडनले आफूलाई मनपर्ने एभिएटर चस्मा उपहार स्वरूप लिएर आउनुभएको थियो ।

पुटिनले बाइडनलाई उपहार दिए वा नदिएको प्रस्ट भइसकेको छैन।

सन् २०१८ मा हेलसिन्कीमा राष्ट्रपति डोनल्ड ट्रम्पलाई भेट्दा पुटिनले फुटबल उपहार दिनुभएको थियो।

दुवै पक्षबीच परमाणु अस्त्र नियन्त्रणबारे छलफल आरम्भ गर्न सहमति भएको छ।

अब दुवै राष्ट्रपतिहरुले एक अर्काका देशमा राजदूतहरू पठाउने पनि निर्णय गर्नुहुने बताएको छ।

सन् २०२० को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको आरोप अमेरिकाले लगाएपछि दुवै देशहरूले छलफलका लागि भन्दै आआफ्ना राजदूत फिर्ता गरेका थिए।

तर साइबर सुरक्षा, युक्रेन र हाल अढाई वर्षको जेल सजाय काटिरहेका विपक्षी नेता एलेक्से नभाल्नीको भविष्य जस्ता विषयमा सहमति भएका कुनै सङ्केत देखिएनन्।

अमेरिका र रुस

अमेरिका र रुस : अमेरिकी अधिकारीहरूले माहौल सकारात्मक रहेको बताएका छन

नभाल्नीको जेलमा ज्यान गए त्यसले रुसका लागि ुभयावह परिणामु निम्त्याउने बाइडनले चेतावनी दिनुभएको बताइएको छ।

सम्बन्ध सुधारको पहल

शिखर बैठकअघि दुवै पक्षले आपसी सम्बन्ध हालसम्मकै न्यून बिन्दुमा पुगेको बताएका थिए।

रुसी राष्ट्रपति पुटिनले बन्दीहरू आदानप्रदानबारे सहमति हुनसक्ने सङ्केत गर्दै सम्झौतामा पुग्न सकिने सम्भावना औँल्याउनुभएको थियो।

साइबर हमलाहरूका विषयमा पुटिनले रुस जिम्मेवार नभएको उल्लेख गर्दै आफ्नो देशलाई लक्षित गरी गरिने त्यस्ता अधिकांश हमलाको मूल श्रोत अमेरिका भएको बताउनुभएको थियो।

बाइडनले संवेदनशील पूर्वाधार जस्तै पानी वा इन्धनमा कुनै किसिमको ह्याकिङ वा आक्रमण अस्वीकार्य हुने र त्यसको प्रतिकार गरिने बताउनुभयो।

हालै २४ दिन भोक हडतालमा बसेका नभाल्नीका बारेमा अमेरिकी सरोकार खारेज गर्दै पुटिनले उहाँले कानुन मिच्नुभएको त्यस बापत जेल सजाय हुने आफू स्वयंलाई थाहा भएको बताउनुभएको थियो।

केही समय पहिले जर्मनीमा उपचार गराएर रुस फर्किएका नभाल्नीले आफूलाई पुटिनको आदेशमा स्नायु प्रणालीमा असर गर्ने विष दिइएको बताउनुभएको छ तर त्यसलाई रुसी राष्ट्रपतिले अस्वीकार गर्दै आउनुभएको छ ।

रुसले आफ्नो भूमिमा अस्थिरता नचाहेको उल्लेख गर्दै पत्रकार सम्मेलनमा पुटिनले रुस परमाणु शक्ति भएको बारम्बार दोहोर्‍याउनुभएको थियो ।

बाइडन र पुटिनको स्वदेशगमन र सोचाईं

बीबीसीका उत्तर अमेरिका सम्पादक जन सोपेल भन्छन् दुई पक्षबीच रहेका गहिरा मतभेदहरूबारे विस्तृतमा छलफल भएकाले जो बाइडनले यो शिखर बैठकलाई सफल ठान्नुहुनेछ ।

उहाँका अनुसार अमेरिकी राष्ट्रपतिले देशभित्र अमेरिका पुनः फर्किएकोु र आफू डोनल्ड ट्रम्प नभएको सन्देश यो भ्रमणमार्फत प्रमाणित गर्न खोजिरहनुभएको छ। त्यस्तै आशय उहाँले पत्रकार सम्मेलनमा पनि राख्नुभएको छ ।

तर एअर फोर्स वानको विमानमा स्वदेश फर्किन लाग्दा अमेरिकी राष्ट्रपति बाइदनले यदि रुसले साइबर, मानवअधिकार र अरू विषयमा हामीले चाहे जस्तो नगरे हामी प्रतिक्रिया जनाउनेछौँ पनि भन्नुभएको छ, तर कसरी त्यो अझै अस्पष्ट छ।

सोपेल भन्नुहुन्छ, पुटिन चाहिँ अमेरिकी राष्ट्रपति आफूले भनेका कुराहरूबारे के गर्नेछन् भनेर सोच्दै मस्को फर्किनेछन्।

ूउहाँले पहिला पनि पश्चिमा नेताहरू देख्नुभएको छ। उहाँले बाइडनलाई अरूभन्दा फरक अमेरिकी राष्ट्रपतिका रूपमा पनि हेर्न सक्नुहुन्छ। तर मलाई लाग्छ पुटिनले बाइडनका सीमाहरू परीक्षण गर्नुहुनेछ र अन्ततः कस्तो प्रतिक्रिया जनाउने भनेर बाइडनले निर्णय लिनुपर्नेछ।

Share Now

Leave a comment.