Prakash Adhikari June 17, 2021

 

काठमाडौं ,३ आषाढ । पूर्वराजा ज्ञानेन्द्र शाहले दशका विभिन्न भागमा बाढी र पहिरोले हुन गएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

बिहिबार बिहान एक विज्ञप्ति प्रकाशित गर्दै उहाँले बाढी पहिरोेले ग्रामीण र शहरीभेगका बासिन्दाको उठीबास भएको सुन्दा र देख्दा आफूहरुलाई दुःख लागेको बताउनुभएको हो ।

उहाँले प्राकृतिक विपत्तिप्रति गहिरो चिन्ता र चासो व्यक्त गर्दै भन्नुभएको छ , “देश कोभिड महामारीबाट आक्रान्त भईरहेको समयमा फेरि बाढी पहिरो नदी कटान जस्ता प्राकृतिक विपत्ति हामीकहाँ आईपरेको छ ।हिमाल पहाड र तराईका धेरै जिल्लाहरुमा कतिपय जन धन र भौतिक निर्माणमा क्षति भएको एवं ग्रामीण तथा शहरी बासिन्दाहरुको उठिबास भएकोखबर सुन्दा, देख्दा हामीलाई दुखित तुल्याएको छ ।”

May be an image of text

उहाँले मनसुन प्रारभ्भ भएको यो समयमा नै यति धेरै क्षति हुन पुगेकोमा दुःख व्यक्त गर्दै तीव्र बर्षा हुने बाँकी समयमा के हुने हो भन्ने चिन्ता पनि व्यक्त गर्नुभएको छ ।

पूर्वराजाले यस्तो बेलामा सबैजना मिलेर महामारी र प्राकृतिक बिपत्तिको न्युनीकरण गर्नेतर्फ जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, “प्राकृतिक विपत्ति सबैको चिन्ताको विषय भएकोले पूर्वसावधानि राख्ने, तयारी गर्ने ,सजकता अपनाउने र उद्दार एवं राहतकारी ब्यवस्था मिलाउने बिषयमा सबै पक्षको ध्यान जानुपर्ने देखिन्छ ।”

पूर्वराजाले अवस्था विकराल नहोस,अपार क्षति नहोस र जनकल्याणकारी प्रबन्ध प्रभावकारी होस आग्रह पनि गर्नुभएको छ ।

Share Now

Leave a comment.