Prakash Adhikari June 17, 2021

काठमाडौं, ३ आषाढ । मनसुन सक्रिय भएको पहिलो हप्तामा नै देशका विभिन्न जिल्लामा पहिरो र बाढीले उत्पात मच्चाएकोले बाढी पूर्वानुमान शाखाले आज पनि नदी किनारामा नजान सबैलाई सचेत गराएको छ ।

जल तथा मौसम विभागको बाढी पूर्वानुमान शाखाले आज प्रकाशित गरेको बाढी सूचना बुलेटिनमा भनेको छ , आज कोशी, नारायणी, कर्णाली, महाकाली,पश्चिम राप्ती,तिनाउ,बबई जलाधारका केही स(साना सहायक नदीमा क्षणिक मध्यमरभारी बर्षा भई बहाब बढ्ने र केही स-साना नदीमा आकस्मिक बहाब भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकोले साना नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔ ।

बाढी पूर्वानुमान  शाखाले आज कोशी, नारायणी, कर्णाली र महाकाली जलाधारका केही ससाना सहायक नदीमा क्षणीक मध्यम/भारी बर्षा भइृ बहाब बढ्ने र केही ससाना नदीमा आकास्मिक बहाब भई सतर्कता तह आसपास पुग्ने पूर्वानुमान रहेको जनाएको छ ।

त्यस्तै कन्काई,कमला र बागमती र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने तथा सतर्कताभन्दा तलै हुने पनि शाखाले जनाएको छ । शाखाले पश्चिम राप्ती, तिनाउ र बबईको ससाना नदी जलाधारमा बहाब बढ्दो हुने र केहीमा सतर्कता तह पुग्ने अनुमान गरेको छ ।

बाढी पूर्वानुमान शाखाले आज वागमती प्रदेशको दोलखा ,रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, धादिड.,काठमाडौं,चितवन,मकवानपुर गण्डकी प्रदेशको गोर्खा,मनाड., लमजुड., कास्की, पर्वत, बाग्लुड.,म्याग्दी,तनहुँ, स्याड.जा, लुम्बिनी प्रदेशको प्युठान, दाड., बाँके, बर्दिया,रुकुम,कर्णाली, प्रदेशको सुर्खेत, सल्यान दैलेख, जाजरकोट,कालिकोट,  हुम्ला, सुदुरपश्चिम प्रदेशको कञ्चनपुर कैलाली, डडेलधुरा डोटी, अछाम, बाजुरा, बझाड.,दार्चुला र आसपासका जिल्ला भई बग्ने ससाना जलाधारमा बहाब उल्लेख्य बढ्ने र केहीमा आकस्मिक भएकोले सतर्कता आसपास पुग्ने जनाएको छ ।

बाढी पूर्वानुमान शाखाले कर्णाली,महाकाली,पश्चिम राप्ती, तिनाउ र बबई नदीमा बहाब बढने र अत्यन्तै जोखिम रहेकोले सतर्कता अपनाउन भनेको छ भने कोशी र नारायणीमा जोखिम तहमा रहेको बताएको छ ।

त्यस्तै जिल्लाका हकमा दोलखा,रामेछाप,सिन्धुपाल्चोक,रसुवा,सिन्धुपाल्चोक,नुवाकोट धादिड.,गोरखा,मनाड.,लमजुड.,कास्की,सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, कालिकोट, हुम्ला, बझाड.,बाजुरा, अछाम, दार्चुला, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुरमा भारी बर्षाको संभावना रहेकोले संबन्धित जिल्लाका खोलानाला र नदीहरुको बहाब बढ्ने उच्च जोखिम रहेको बताएको छ ।

यस्तै पर्वत,वाग्लुड.म्याग्दी,तनहुँ र स्यांग्जाका खोला तथा नदीहरुमा मध्यम जोखिम रहेको जनाएको छ ।

 

Share Now

Leave a comment.