Prakash Adhikari February 17, 2018

काठमाडौं, ५ फागुन । प्रदेश मुख्य मन्त्री र प्रदेश सभाको समामुखको चयन पछि प्रदेश ५ र ६ मा प्रदेश सभाका उपसभामुखको चयनको तयारी हुँदैछ ।

प्रदेश ५ मा उपसभामुखको चयनका लागि आज उम्मेद्वारी दर्ता गरिंदैछ । उम्मेदवारी दर्ताका लागिभने बिहान १० बजेदेखि दिउँ सो २ बजेसम्मको समय निर्धारण गरिएको छ । निर्वाचन ६ फागुनलाई राखिएको छ

उपसभामुखमा एमालेका तर्फबाट महिला सांसदले उम्मेद्वारी दर्ता गर्नेछन् । सभामुख वा उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने संवैधानिक प्रावधान अनुसार, एमालेले कृष्णी थारुलार्इ उपसभामुख बनाउने निर्णय गरेको छ।

प्रदेश ६ मा पुष्पा निर्विरोध
प्रदेश नं ६ को उपसभामुखमामाओवादी केन्द्रकी पुष्पा घर्तीको एकल उम्मेदवारी परेकाले उनलार्इ आज बस्ने प्रदेशसभामा निर्विरोध निर्वाचित भएको घोषणा गरिने भएको छ ।

प्रदेश ६ को सभामुखमा भने माघ २९ गते एमालेका राजबहादुर शाही चयन भइसकेका छन् ।

Share Now

Leave a comment.