Prakash Adhikari June 25, 2021

मायामी(संयुक्त राज्य अमेरिका), ११ आषाढ(बीबीसी) ।संयुक्त राज्य अमेरिकामा एउटा १२ तले भवन बिहीवार भत्किँदा ९९ जना मानिसहरू बेपत्ता भएका छन्।

एक जनाको मृत्यु भएको पुष्टि भएको छ र धेरै जना भग्नावशेषभित्र पुरिएको ठानिएको छ।

हराएकाहरूमा कैयौँ ल्याटिन अमेरिकी आप्रवासी रहेका छन्।

मायामीका मेयरले सङ्घीय सहयोगका लागि अनुरोध गरेका छन्।

भवन भत्किनुको कारण प्रस्ट भएको छैन तर सुरक्षा प्रमाणीकरणका लागि त्यहाँ पुनर्निर्माणको काम भइरहेको थियो।

ताजा अवस्था

मायामी डेडकी मेयर डेनीयला लेभिन(काभाले हालसम्म १ सय २ जनाको अवस्था पत्ता लागेको र ९९ जना अझै बेपत्ता रहेको जानकारी दिनुभएको छ।

सर्फसाइडमा रहेको उक्त भवन सन् १९८० मा बनेको थियो। बेपत्ता हुनेमा कैयौँ ल्याटिन अमेरिकीहरू रहेको विवरण सम्बन्धित कन्सुलेटहरूले दिइरहेका छन्।

पाराग्वेकी प्रथम महिलाका आफन्तहरू पनि हराउने मध्येमा परेका छन्।

उद्धारकर्ताहरूले प्रथम महिला सिल्भाना लोपेज मोरेराका बहिनी ज्वाइँ र उनीहरूका तीन सन्तान अनि एक जना घरेलु कामदारको अवस्था पत्ता लगाउन सकिरहेका छैनन्।

च्याम्पलेन टावर्स

च्याम्पलेन टावर्स : क्षति हुनुभन्दा अघिको भवन

भग्नावशेषबाट ३५ जनालाई निकालिएको र १० जनालाई परीक्षण गरी दुई जनालाई अस्पताल पठाइएको थियो।

खोजीकार्य जारी रहँदा सानो आगलागी भएपनि त्यसलाई २० मिनेट भित्रै नियन्त्रणमा लिइएको स्थानीय अग्नि नियन्त्रण प्रमुखले बताउनुभएको छ।

फ्लोरिडाका गर्भनरले घटनास्थलमा पुगेर उद्धारको काम अझै जारी रहेको र त्यति ठूलो संरचना ढलेको देख्नु पीडादायी रहेको बताउनुभयो।

राष्ट्रपति बाइडनले गभर्नर रोन डिसान्टिसबाट सङ्कटकाल घोषणा आफूले कुरिरहेको र फीमा भनिने सङ्घीय आपत्तकालीन व्यवस्थापन निकायका अधिकारीहरू घटनास्थलमा पुगेको जनाउनुभएको छ।

 ९ / ११ जस्तै देखिएको थियो

उद्धारकर्ताहरूले क्रेनहरूको प्रयोग गरी नजिकै रहेका अपार्टमेन्टमा बसिरहेका मानिसहरूको उद्धार गर्ने प्रयास गरिरहेको देखिन्छ। आफ्ना भाइहरूसँग कुकुर डुलाउन हिँडिरहेका एक जना व्यक्तिले भवन खसेको आवाज सुनेको बताउनुभएको छ।

उहाँले सीबीएस मायामीसँग भन्नुभयो, ूहामीले एकदमै ठूलो घ्वार्र आवाज सुनौँ र सोच्यौँ यो मोटरसाइकलको आवाज हो। अनि हामी पछाडि फर्कँदा हामीले धुलोको बादल हामीतिर आइरहेको देख्यौँ।ू

उद्धारकर्ता
सैयौँ उद्धारकर्ता घटनास्थलमा खटिएका छन्

अनुहार ढाकेर त्यहाँबाट आफूहरू दगुरेको उल्लेख गर्दै उहाँले सुरक्षा गार्डलाई सोधेपछि भवन भत्किएको जानकारी पाएको बताउनुभयो।

भवन भत्किए पछिको अवस्था देखेका अर्का व्यक्तिले सीएनएन समाचार संस्थालाई सन् २००१ मा न्यूयोर्कमा दुई वटा टावरमा गरिएको आक्रमणसँग तुलना गर्दै भने, ूत्यहाँ ९र११ कै घटना जस्तो देखिएको थियो।ू

च्याम्पलेन टावर्सका तीनवटा भवनमध्ये एउटा भवनको नवौँ तलामा बस्ने श्रीमतीबाट टेलिफोन आएपछि ५० वर्षका सान्टो मेजील ब्युँझिनुभएको थियो। उहाँँ एक जना अशक्त महिलाको स्याहार सुसार गर्नुुहुन्छ।

उहाँले मायामी हेराल्डसँग भन्नुभएको छ, ूउनले एकदमै ठूलो विस्फोटन सुनेको बताइन्। भूकम्प आएको जस्तो महसुस भयो।ू मेजीलकी श्रीमती उद्धार गरिनेमा पर्छिन्।

छिमेकमा बस्ने एक जना व्यक्तिले सीबीएस समाचार संस्थालाई भवन हल्लिएपछि झ्यालबाट बाहिर हेर्दा भवनको सट्टा आँधी आइरहेको जस्तो देखिएको बताउनुभएको छ।

धुलो उडिसकेपछि हेर्दा भवनको दुई तिहाइ अंश भग्नावशेषमा परिणत भएको उहाँले बताउनुभयो।

 

Share Now

Leave a comment.