काठमाडौं, १९ आषाढ । आज दिउँसो र राति पनि देशभर बदली र बर्षा हुने भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ । देशको तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको छ।
महाशाखाले जनाए अनुसार हाल प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र बाँकी प्रदेशका एकरदुई स्थानमा वर्षा भईरहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली भएको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली भइरहेको छ ।
विभागले आज दिउँसो पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा कर्णाली तथा सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहने जनाएको छ ।आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।मौसम पूर्वानुमान महाशाखाले प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ ।
नेपाल सरकार
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखा
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
(जारी मिति:२०७८–०३–१९ विहान ६:०० बजे)
मौसम विश्लेषण (Meteorological Analysis)
देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ । हाल देशको तराई भू-भाग नजिक मनसुनी न्युन चापीय रेखा (monsoon trough) रहेको छ।
हाल मौसमको अवस्था (Present Weather Status)
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा भईरहेको छ ।
आगामी दिनको मौसम पूर्वानुमान
२०७८ असार १९ गते (शनिबार)
दिउँसो: प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा कर्णाली तथा सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ । प्रदेश २ र बागमती प्रदेशका एक दुइ स्थानमा धेरै भारि बर्षाको समेत सम्भावना रहेको छ ।
राती: प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा कर्णाली तथा सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, र गण्डकी प्रदेशका एक दुइ स्थानमा धेरै भारि बर्षाको समेत सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)
देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रही प्रदेश २ र बागमती प्रदेशका एक दुइ स्थानमा धेरै भारि बर्षाको समेत सम्भावना रहेकाले उक्त प्रदेशहरुको पहाडी भू-भागमा भु-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।
आज राती पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा कर्णाली तथा सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
रातमा प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा हुने र प्रदेश १, प्रदेश २, र गण्डकी प्रदेशका एक दुइ स्थानमा धेरै भारि बर्षाको समेत सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
विभागको चेतावनी
विभागले आगामी २४ घण्टा देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना भएकोले यात्रामा निस्कदा वा जोखिमयुक्त स्थानमा बसोबास रहेकाहरुलाई सतर्कता अपनाउन चेतावनी पनि दिएको छ ।
विभागले भनेतेको छ, “प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रही प्रदेश २ र बागमती प्रदेशका एक दुइ स्थानमा धेरै भारि बर्षाको समेत सम्भावना रहेकाले उक्त प्रदेशहरुको पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।”
बाढीको चेतावनी
असार १९
आज कोशी,नारायणी र यसका सहायक नदीहरु तथा कन्काई,कमला लगायतमा बहाव बढ्ने र केहीमा सतर्कता तह पुग्न सक्ने,आज बागमती,पुर्वी राप्ती लगायतमा बहाब बढ्दो हुने र खतरा तह आसपास रहने पूर्वानुमान रहेकाले तटीय क्षेत्र तथा डुवान भईरहने क्षेत्रहरूमा विशेष सावधानी अपनाउनुहुन अनुरोध छ। pic.twitter.com/VcZkkZXGhR— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 3, 2021
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बिहान सबेरै एक सूचना जारी गर्दै बारास्थित सिमरा विमानस्थल र आसपासका क्षेत्रहरूमा पछिल्ला केही घण्टामा भारी वर्षा भएकोले सो क्षेत्रका ससाना खोलाहरूमा आकस्मिक बहाव आउन सक्ने सम्भावना रहेको र डुबान भइरहने होचा स्थानहरूमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
असार १९ बिहान ३:१५ बजे
बारास्थित सिमरा विमानस्थल र आसपासका क्षेत्रहरूमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएकोले सो क्षेत्रका ससाना खोलाहरूमा आकस्मिक बहाव आउन सक्ने सम्भावना छ। डुबान भइरहने होचा स्थानहरूमा उच्च सतर्कता अपनाऔँ।— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 2, 2021
महाशाखाले कोशी,नारायणी र यसका सहायक नदीहरु तथा कन्काई,कमला लगायतमा बहाव बढ्ने र केहीमा सतर्कता तह पुग्न सक्ने,आज बागमती,पुर्वी राप्ती लगायतमा बहाब बढ्दो हुने र खतरा तह आसपास रहने पूर्वानुमान रहेकाले तटीय क्षेत्र तथा डुवान भईरहने क्षेत्रहरूमा विशेष सावधानी अपनाउन पनि सचेत गराएको छ।
खोला तथा नदीहरुको स्थिति
बाढी पूर्वानुमान महाशाखाले आज बिहानको मापन अनुसार कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाब सामान्य रहेको, कोशी, नारायणी र यसका सहायक नदीमा बहाब बढ्दो क्रममा रहेको तथा सबैमा बहाव सतर्कता तहभन्दा तलै रहेको जनाएको छ ।
महाशाखाले नारायणी नदीका सहायक नदी मर्स्याङ्दी,बिमलनगर र पूर्वी राप्ती, रजैयामा जल सतहले सतर्कता तह पार गरेको तर घट्दो क्रममा रहेको जनाएको छ ।
महाशाखाले आज कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य रहने, भोटेकोशी, तामाकोशी, दुधकोशी, सुनकोशी लगायत कोशीका सहायक नदीहरु तथा नारायणी र यसका सहायक नदीहरु त्रिशुली, बुढीगण्डकी, कालीगण्डकी, मर्स्याङ्दी लगायतमा बहाव बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान गरेको छ ।
आज पश्चिम राप्ती, बबईमा बहाब सामान्य रहने, कन्काई र कमला जलाधारका ससना सहायक नदीहरुमा बहाब बढ्ने र सतर्कता
आसपास पुग्न सक्ने तथा बागमती, पूर्वीराप्ती र यसका सहायक नदीहरुमा मध्यमदेखि भारी बर्षा भई बहाब बढ्ने र खतरा तह आसपास रहने पूर्वानुमान गरेको छ ।
महाशाखाले प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पााँचथर, तेह्रथुम, धनकु टा, ओखलढुंगा, खोटाङ, भोजपुर,ताप्लेजुड., प्रदेश २ को बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, बागमती प्रदेशको काठमाडौ, धादिङ, मकवानपुर, चितवन, सिन्धुली, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, रसुवा र गण्डकी प्रदेशको गोरखा, लमजुड., तनहँु कास्की, स्याङ्जा, पर्वत,बागलुङ, म्याग्दी, नवलपुर, लुम्बिनी प्रदेशको रुपन्देही, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, दाङ र आसपास जिल्ला भई बहने ससाना नदी जलाधारमा े बहाब केही बढ्ने र केहीमा आकस्मिक बहाव भई सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान रहेको बताएको छ।
सतर्कता अपनाउन अनुरोध
बाढी पूर्वानुमान महाशाखाले आज कोशी, नारायणी र र यसका सहायक नदीहरु तथा कन्काई र कमला लगायतमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह पुग्न सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा उच्च सतकाता अपनाउन सचेत गराएको छ ।
त्यस्तै बागमती, पूर्वीराप्ती र यसका सहायक नदीहरुमा मध्यम देखि भारी बर्षा भई बहाब बढ्ने र खतरा तह आसपास रहने पूर्वानुमान रहेकोले रहेकाले तटीय क्षेत्रहरु तथा डुवान भईरहने क्षेत्रहरूमा विशेष सावधानी अपनाउनुहुन पनि जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।


















