Prakash Adhikari July 7, 2021

पोखरा(कास्की),२३ आषाढ । नेपाली कांग्रेस कास्कीले क्रियाशील सदस्यको विवरण पार्टीको केन्द्रीय कार्यालयलाई बुझाएको छ । कास्की कांग्रेसका सभापति कृष्ण केसीको नेतृत्वमा पुगेको पदाधिकारीको टोलीले विवरण बुझाएको हो ।

जिल्लाबाट पार्टीका नयाँ र पुराना गरी १९ हजार १४२ जना क्रियाशील सदस्यको नामावली बुझाएको प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।

टोलीले पार्टीका केन्द्रीय नेतासँग भेटघाट गरी मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टीको आगामी १४ औँ महाधिवेशनबारे छलफल गरेको उहाँले बताउनुभयो ।

टोलीमा उपसभापति आइबहादुर गुरुङ, सचिव सुदीपमोहन भट्टराई, देवेन्द्र रानाभाट, कोषाध्यक्ष लक्ष्मी पाण्डे र प्रवक्ता सिग्देल हुनुहुन्थ्यो ।

Share Now

Leave a comment.