काठमाडौं, २५ आषाढ । आज देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ
विभागले आज रातमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ ।
विगत दुई दिनदेखि देशका अधिकांश भागमा निरन्तर वर्षा भईरहेको छ । खोला/नदीमा वहाव बढेका छन्, होचा स्थानहरुमा डुबान हुन शुरु भएको छ । त्यसैले सचेत बनौं, सावधान रहौं । डुबानबाट जोगिन यी पूर्वतयारी गर्न नभुलौं । pic.twitter.com/f2oi9L2048
— NDRRMA (@NDRRMA_Nepal) July 8, 2021
आज राति पनि प्रदेश १, वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
नेपाल सरकार
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखा
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
(जारी मिति:२०७८–०३–२५ बिहान ६:०० बजे)
मौसम विश्लेषण (Meteorological Analysis)
देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था (Present Weather Status)
देशभर सामान्य देखि पुर्ण बदली रहेको छ। बाग्मती प्रदेशका केही स्थानहरुमा मध्यम्/भारी वर्षा भैरहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ असार २५गते (शुक्रबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ भने सुदुर पश्चिम प्रदेश र बागमती प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।प्रदेश १, वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बाढीको अवस्था
यसै बीच विभागको बाढी पूर्वानुमान महाशाखाले आज बिहान एक बुलेटिन प्रकाशित गर्दै बिहानको जलमापन अनुसार महाकाली, कर्णाली, नारायणी, कोशी र तिनका सहायक नदीहरुमा बहाब सामान्य रहेको र सबैमा सतर्कता तहभन्त्दा तलै रहेको जनाएको छ ।
महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमानका आधारमा बाढीको पूर्वानुमान गर्दै महाकाली, कर्णाली, नारायणी, कोशी र तिनका सहायक नदीहरुमा बहाब केही बढ्ने तर सबैमा जलसतह सतर्कता तहभन्त्दा तलै रहने पूर्वानुमान गरेको छ।
प्रदेश नं १, बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिममा आज दिउँसो र राति पनि अधिक बर्षाको संभावना देखिएकोले महाशाखाले कन्काई,कमला, बागमती, पूर्वी राप्ती लगायतका नदीहरुमा बहाब सामान्य घटबढ हुने पनि जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिम राप्ती, तिनाउ, बबई र तिनका सहायक नदीहरुमा बहाब बढ्ने र केही साना नदीमा आकस्मिक बहाब भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।
बाढी पूर्वानुमान महाशाखाले प्रदेश १ को ंसंखुवासभा, सोलुखम्बु, भोजपुर, ओखलढुङ्गा, तेह्रथुम, खोटाङ,पाँचथर, ताप्लेजुड., झापा, मोरङ, प्रदेश २ को सप्तरी,पर्सा,सिराहा,धनुषाभई बहने नदीहरुमा पनि बहाब बढन सक्ने जनाएको छ ।
आज बिहान प्रकाशित बाढीसम्बन्धी सूचनामा महाशाखाले बागमती प्रदेशको दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, चितवन, काठमाण्डौ, धादिङ, मकवानपुर, सिन्धुलीका नदीहरुमा पनि बहाब बढन सक्ने र केहीमा आकास्मिक बाढी आउन सक्ने जनाएको छ ।
आज गण्डकी प्रदेशको तनहुँ, स्याङजा, लमजुड., गोरखा, पर्वत, नवलपुर, बाग्लुङ, कास्की, मनाङ लुम्बिनी प्रदेशको पाल्पा,रुकुम पूर्व, कपिलवस्तु, नवलपरासी, बर्दीया, अर्घाखाँची, गुल्मी, रुपन्देही, बाँके , बर्दिया, दाङ र प्युठानका खोला तथा नदीहरुको पनि बहाब बढन जाने जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज कर्णाली प्रदेशको जाजरकोट, सुर्खेत,कालिकोट, दैलेख, रुकुम पश्चिम, सल्यान तथा सुदूरपश्चिम प्रदेशको दाचुएला, बझाङ, डोटी, कैलाली, कञ्चनपुर, डँडेल्धुरा, बैतडी, अछाम, बाजुरा र आसपासका जिल्लाभई बहने ससाना नदीहरुमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाब हुनसक्ने पूर्वानुमान छ।
महाशाखाले आज तिनाउ, बबई र तिनका सहायक नदीहरुमा बहाब बढ्ने र केही साना नदीमा आकस्मिक बहाब भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।
विभागको चेतावनी
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेकोले पहाडी भूभागमा भू(क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकोले दैनिक जीवनका गतिविधि सञ्चालन तथा यातायात सचालनमा आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध पनि गरेको छ ।
त्यस्तै बाढी पूर्वानुमान महाशाखाले प्रदेश १ को संखुवासभा, सोलुखम्बु, भोजपुर, ओखलढुङ्गा, तेह्रथुम, खोटाङ,पाँचथर, ताप्लेजुङ, झापा, मोरङ, प्रदेश २ को सप्तरी,पर्सा, वसराहा,धनुषा, बागमती प्रदेशको दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, चितवन, काठमाण्डौ, धादिङ,मकवानपुर, सिन्धुली, गण्डकी प्रदेशको तनहुँँ, स्याङजा, लमजुड., गोरखा, पर्वत, नवलपुर, बाग्लुङ, कास्की, मनाङ लुम्बिनी प्रदेशको पाल्पा,रुकुम पूर्व, कपिलवस्तु, नवलपरासी, बर्दिया, अघाँखाँची, गुल्मी, रुपन्देही बाँके , बर्दिया, दाङ,प्युठान कर्णाली प्रदेशको जाजरकोट, सुर्खेत, कालिकोट, दैलेख, रुकुम पश्चिम, सल्यान, सुदूरपश्चिम प्रदेशको दार्चुला, बझाङ, डोटी, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, अछाम, बाजुरा र आसपास जिल्ला बहने ससाना नदीहरुमा बहाब बढ्ने र केहीमा आकास्मिक बहाबहुनसक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रहरूका क्रियाकलापमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।


















